रामेछाप लिखु तामाकोसी गाउँपालिकामा पनि भव्यताका साथ संबिधान दिवस कार्यक्रम सम्पन्न

रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले पनि संविधान दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । नेपालको संविधान २०७२ जारी भएको ४ वर्ष पूरा भएको अवसरमा लिखु तामाकोसी गाउँपालिकाले संविधान दिवसको अवसरमा आज धोबिबजारमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै लिखु तामाकोसी गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काले नेपालको संविधान २०७२ नेपाली जनताको हितमा बनेको उत्कृष्ट संविधान रहेको भन्दै उहाँले संविधानले प्रदान गरेको हक र अधिकार अनुसार सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष खड्काले संविधान कार्यान्वयनमा तिन तहको सरकारको भुमिका महत्वपुर्ण हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार काम गर्न सके मात्रै संविधान पुर्ण रुपमा कार्यन्वयनमा आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस