रामेछाप नगरपालिकामा पनि भव्यताका साथ संबिधान दिवस मनाईदै

रामेछाप : रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले पनि संविधान दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । नेपालको संविधान २०७२ जारी भएको ४ वर्ष पूरा भएको अवसरमा रामेछाप नगरपालिकाले संविधान दिवसको अवसरमा आज रामेछाप माथिल्लो बजारदेखि कारागार कार्यालय अगाडीको खुल्ला मैदानसम्म पन्चेबाजा सहित र्याली निकालेको छ । र्याली पश्चात आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले नेपालको संविधान २०७२ नेपाली जनताको हितमा बनेको उत्कृष्ट संविधान रहेको भन्दै उहाँले संविधानले प्रदान गरेको हक र अधिकार अनुसार सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले संविधान कार्यान्वयनमा तिन तहको सरकारको भुमिका महत्वपुर्ण हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार काम गर्न सके मात्रै संविधान पुर्ण रुपमा कार्यन्वयनमा आउने बताउनुभयो । प्रवचन कार्यक्रममा रामेछाप नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्की , नेपाली कांग्रेस जिल्ला कार्य समिती रामेछापका सदस्य गौतम कुमार श्रेष्ठ , नेपाल कम्युनिष्ट पार्टि रामेछापका जिल्ला कमिटी सदस्य ढाल विक्रम कार्की लगायतले संविधान दिवसको शुभकामना सहित मन्तव्य राखेका थिए । साथै सरकारी कार्यलय,संघसंस्था तथा घरघरमा अाज साँझ रामेछाप बजारमा दिपावली गर्न समेत नगरवासिहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस