लिखु तामाकोसी गाउँपालिका वडा नं. ३ रामेछाप पुष्कर खड्का : नेपालको संविधानको चौथो वार्सिक उत्सवको उपलक्ष्यमा संविधान दिवसको हार्दिक शुभकामना संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली अामाबुबा,दाजुभाइ,दिदीबहिनीहरुप्रति सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो ।
नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा हामीले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेका छौं । राजनीतिक स्थायित्व र सुशासनको लागि यो महत्वपूर्ण आधारशीलाको रुपमा रहने हाम्रो विश्वास छ ।