दुवै मृगौला फेल भएका लोक बहादुर क्याप्छाकी मगरले गरे सवै सँग सहयोगको अपिल

रामेछाप : रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ४ रात्माटाका लोक बहादुर क्याप्छाकी मगरको दुबै मृगौला फेल भए पछि उनले आफनो जीवन रक्षाको लागि सवै संग अपिल गर्नू भएको छ  । २६ वर्षको उमेरमै लोक बहादुर क्याप्छाकी
मगरको दुवै मृगौला फेल भएको र उपचारको लागि लाखौ लाख रुपैया खर्च लाग्ने जानकारी चिकित्कले गराएपछि अहिले लोक बहादुर क्याप्छाकी र उनको परिवारमा आर्थिक अबस्था कमजोर रहेको हुदा मगरले आफु वाँच्न रहर हुँदा हँुदै पनि आफु माथी गम्भिर प्रकृतिको रोग लागेकोले सवै जना सहयोगी मन हरुलाई सहयोगको लागि आग्रह गर्नू भएको छ ।

मगरले उपचारको लागि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहनु भएको लोक बहादुर क्याप्छाकी मगरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल लोक बहादुरले गर्नुभएको हो ।

मेरो दुई वटै किडनी फेल भएर हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर मा उपचार गराई रहेको हुदा हाल उपचारकै क्रममा मैले धेरै रकम खर्च गरिसके,मेरो किडनी छिटो भन्दा छिटो फेर्नुपर्ने बाध्यता भएको छ,मेरो हैसियत,र क्षमताले उपचार गर्ने सम्भव नभएकोले,देश विदेशमा रहनुहुने सम्पुर्ण मेरा आफन्तजन,सहयोगी मनहरु,संघ संस्था,लगायत मलाई सहयोग जुटाई मेरो जीवन रक्षा गरिदिनुहुन हार्दिक अपिल गर्दछु । सहयोग गर्न चाहने असल र सहयोगी मनहरुको लागि मेरो नविल बैंक,खाता नम्बर रहेको हुदा खाता नं ३५१००७१५१५४३० मा सहयोगको रकम जम्मा गरी सहयोग गर्न पनि मगरले आग्रह गर्नु भएको छ । मगरले आफनो पीडा सामाजिक संजालमा पनि यसरी पोष्ट गर्नु भएको छ । हाल उपचारकै क्रममा मैले धेरै रकम खर्च गरिसके, मेरो किडनी छिटो भन्दा छिटो फेर्नुपर्ने बाध्यता छ, मेरो पारिवारीक हैसियत र क्षमताले उपचार सम्भव नभएकोले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण मेरा आफन्तजन, सहयोगी मनहरु, संघ संस्था, लगायतले सहयोग जुटाई मेरो जीवन रक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । त्यसैगरि सम्पर्क गर्न लोक बहादुर क्यापछाकी मगरको मोबाइल नम्बर ९८४९९३९६१९ ,९८४४१३८१४१ अोम मगर लाई सम्पर्क गरि सहयोग गरिदीनुहुन समेत लोक बहादुर क्यापछाकी मगरले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस