फेसबुकले अब ‘लाइक’ फिचर हटाउदै

काठमाडौं :- व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् ।

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस