काठमाडौँ :- सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा आएको छ।
पोखरा ६ लेकसाइडमा रहेको यसको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । विशेषत देशभर एकैठाउँबाट सेवा पुर्याउन सकिने राजधानी काठमाडौँको कान्तिपथमा पनि स्विफ्ट कार्यालय सञ्चालन गरिएको छ ।
नेपाल भर एकैपटक सेवा दिइरहेको ट्राभल एजेन्सीले चाँडै चितवन, लुम्बिनी, पोखरा जस्ता मुख्य पर्यटकीय शहर केन्द्रित रहेर कार्यालय सञ्चालन गर्ने भएको छ । २ महिना अगाडी नै सेवा सुरु गरेको ट्राभल एजेन्सीले औपचारीक रुपमा नै सेवा सुरु गर्ने बताइएको छ ।
कम्पनीले एअर टिकेटिङ लगायतको सेवा सञ्चालन गर्ने तयारी भएको ट्राभल एजेन्सीका अध्यक्ष जनकराज शर्माले बताए । होलिडेजले २० वटा गाडीबाट सेवा सुभारम्भ गरिसकेको छ ।
जसमा १० वटा गाडी चार्टरमा र १० वटा मुख्य शहरमा नियमित रुपमा चलाउने कम्पनीको योजना रहेको छ । यात्रुलाई आरामदायी अविस्मरणीय र सुरक्षित यात्रा गराउनको लागि कम्पनीको स्थापना गरेको अध्यक्ष शर्माले बताए ।