अभिनेता विपिन कार्कीले तय गरे “बटौली”को यात्रा – भिडियो सहित

काठमाण्डौ-फरक फरक धारमा रहेर नेपाली चलचित्र क्षेत्रलाई ठूलो योगदान दिएका अभिनेता विपिन कार्की अभिनित “बटौली” बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेता विपिन कार्की सँगै अनु काफ्लेले गरेको मिहेनत सजिलै देख्न सकिन्छ । उनिहरुले भिडियोमा न्याय गरेका छन् । दुबै जनाको अभिनयको संयोजन निकै बलियो देखिन्छ । भिडियोलाई अलिक पुरानो शैलीमा प्रस्तुत गर्न खोजिएको छ ।

मनिष ढकालको स्वर रहेको गितको शव्द हर्क साउदले लेखेका हुन भने संगीत पछिल्लो समयमा अत्यन्तै व्यस्त गायक समेत रहेका यस.डी. योगीले गरेका छन् । युट्युब मा अप्लोड भएको केही समयमै गितलाई थुप्रै दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ ।

गितमा अभिनेता विपिनसँगै थुप्रै चर्चित अनुहारहरुलाई देख्न सकिन्छ । भिडियो को निर्देशन नविन चौहानले गरेका छन् भने खिच्ने काम वविन दुलाल ले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस