रामेछाप जिल्लामा पनि यसरी मनाइयो विश्वकर्मा पुजा (तस्वीर सहित)

रामेछाप : रामेछाप जिल्लामा पनि आज विश्वकर्मा पुजा हिन्दुहरुले फलामे औजार तथा कलकारखाना पुजा गरेर विशेष रुपमा मनाउने परम्परा रहेको छ । वर्ष भरि कामको लागि प्रयोग गरिएका सामाग्री पुजा गरे लामो समय टिक्ने र त्यसबाट हुने दुर्घटनाबाट समेत बच्न सकिने जनविश्वास रहेको छ ।

विश्वकर्मा पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?

विश्वकर्मा जयन्ती
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस