सिन्धुली सुनकोशिमा बस झर्यो २ जना गम्भिर ४ जना धुलिखेल हस्पिटल रिफर गरियो

सिन्धुली : धिन्धुली जिल्लाको सुनकोशि गाउँपालिकास्थित कानढुंगी–६ मा बस दुर्घट्ना भएको छ । दुर्घट्नामा दुईजना गम्भिर घाइते भएका छन् भने तीनजनालाई धुलिखेल रिफर गरिएको छ । सिन्धुलिको मरिण गाउँपालिकाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ३ ख ९६८४ नं को बस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल सुनकोशि नदिको किनारमा झरेको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जानकारी दिएको छ । दुर्घट्नामा २३ जना घाईते भएका छन् जस्मा मरिण गाउँपालिकाका सुलभ माझी र असली माया वाईबा गम्भिर घाइते भएका छन् । उनीहरुसहित मरिणकै बसन्त कुमार माझि र सुनमाया श्रेष्ठलाई धुलिखेल रिफर गरिएको प्रहरीले बतायो ।दुर्घट्नामा मरिण गाउँपालिका धन ब.वाई, अंगिता वाईबा, प्रकाश वाईबा, सर्लाहीका दामारानी बम्जन, अम्बर ब.श्रेष्ठ, कमल वाईबा, कमलामाई नगरपालिकाका चालक विश्व बस्नेत, बिनिता घिसिङ, समिर मोक्तान, कान्छिमाया तामाङ, शिव लाल श्रेष्ठ रामेछापका सहचालक आकाश खाती, सुनकोशि गाउँपालिकाका सुनिल थापा, हरिहरपुरगढी गाउँपालिकाकी मोतीमाया घलान, निर्दोष गोले, सुप्रिया अछामी, तीनपाटन गाउँपालिकाका भेष राज पाहाडी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस