सिन्धुली बि.पी राजमार्ग सुनकोसी गाउँपालिकामा बस दुर्घटना १७ जना घाइते

सिन्धुली: बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका –६ कानढुंगामा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन । मरिण बाट काठमाडौं जादै गरेको ना ३ ख ९६८४ नम्बरको बस आज दिउसो १२ः १५ बजे बाटोमाथि बाट बगेर आएको लेदोमा चिप्लिएर बाटो बाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मरिण गाउँपालिका–४ का बर्ष ४ का सुलभ माझी र उनका बुवा बर्ष ३२ का बशन्त कुमार माझी र आमा रुपा माझी लाई धुलिखेल अस्पताल पठाइएको र अन्यको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन ।
यो पनि पढ्नुहोस

सिन्धुली सुनकोशिमा बस झर्यो २ जना गम्भिर ४ जना धुलिखेल हस्पिटल रिफर गरियो

प्रतिक्रिया दिनुहोस