रामेछाप खाँडादेवी गाउँपालिकामा सवल कार्यक्रम सम्पन्न

रामेछाप : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा युएसएडको आर्थिक सहयोग तथा पहाडी समाज कल्याण केन्द्र रामेछापको साझेदारीमा सञ्चालित सवल परियोजन रामेछापको खाँडादेवी गाउँपालिकाबाट बाहिरिएको छ । २०७२ सालदेखि रामेछापमा सञ्चालनमा आएको सो परियोजनाले खाँडादेवी गाउँपालिकाका ३ वटा वडामा स्वास्थ्य पोषण तथा विवद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको थियो । गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा सो परियोजना औचारिक रुपमा समापन भएको आयोजक संस्थाले घोषणा गर्यो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम तामाङले परियोजनाले सञ्चालन गरेको कार्यक्रमले स्वास्थ्य सुधारको क्षेत्रमा निक्कै सहयोग पुगेको बताए । उनले परियोजनाका सिकाईलाई गाउँपालिकाले निरन्तर रुपमा अघि बढाउने बताए ।

संस्थाका अध्यक्ष रत्नप्रसाद कँडेलले परियोजना बाहिरिए पनि परियोजना भित्र भएका काम गाउँपालिका र समुदायको लागि छाडेर गएको बताए । उनले समुदाय परिचालनमा सो परियोजनाले निक्कै सहयोग गरेको बताए । पहाडी समाज कल्याण केन्द्रका कार्यक्रम संयोजक भोला पाठकले परियोजना अवधिभर सञ्चालन भएका गतिविधिकोबारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस