प्रचण्ड परिस्थिती र नक्कली अरिङ्गल्को डसाइ

काठमाडौं :-  देसमा दुई तिहाइको सरकार छ , जताततै असन्तुस्टी , महङ्गि , हत्या, हिंशा र बलात्कार नभएको प्राय प्राय दिन्नै छैन !
१५ महिना हुन लाग्यो निर्मला हत्या प्रकरण यसै लुकाइयो , तेत्रो सुनकान्ड भयो निर्दोस मारिए , साना तिना सुन ओसार पसार गर्ने ब्यक्ती जेल परे तर ठुला सुन कारोवारि सांसद मन्त्री र देसका हर्ताकर्तामा पुगे, वाइडबढी ढिसमिस गरियो ।
चलिरहेको सनातन देश , संस्कार, संस्कृति र रितिरिवाज आज एक अर्का बिच झैझगडा , कुसंस्कार र एक आपसमा बैमनस्यतामा परिणत गराइ भाइ भाइलाइ काटमारको स्थितिमा पुर्याइ गणतन्त्र प्राप्तिका नाम्मा अन्तरिम सासनकाल्मा बिदेसी हरुलाई रास्ट्रप्रमुख उपप्रमुख बनाएका घटनाहरु आज खुलेआम बिदेसी मिडियाहरु लेखी रहेका छन ।
तिनै बिदेशीहरु हिजो यो देसलाइ गणतन्त्र , संघियता र धर्मनिरपेक्षताको पाठमा घन्टहल्लाउन यँहाका नेताहरुलाइ तयार गराइ देस यहाँ ल्याइपुर्याइ आज फेरि अब हिन्दु रास्ट्रपो सुहाउने रहेछ भनी पुन यो देसलाइ रक्तपातको डरलाग्दो स्थितिमा धकेल्न खुलेर लागेका केही उदाहरणहरु प्रस्टै सँग देख्न थालिएको छ तर हामिले नेता बनाएका, मानेकाहरु अँह केही नजाने जस्तो गरि बाहिर चुपचाप जस्तै बसि भित्र भित्रै आफू अस्थाइ नै भएनी पावरमा जान तँछाडमछाड गरिरहेको एउटा सामान्य भन्दा सामान्य नागरिकले सहजै अनुमान लगाउन कुनै आइतबार कुर्न पर्दैन ।
देसमा गणतन्त्र आयो , किन आयो ? कस्कालागी आयो यस्लेजनतालाइ दिने सकारात्मक पाटाहरु केके थिए ?? के गणतन्त्र भनेको रछ्यानको जुठो जस्तो फोहोरी खेल मात्र हो ??
हो आज जनतालाइ सताब्दियौं परसम्म पनि यो तन्त्र त सारै घिनलाग्दोपो हुने रहेछ भन्ने गरिको फेरि कैलेई गणतन्त्रको ग सम्मपनी उच्चारण गर्न नमिल्ने गरि भड्काइदै छ जबकी गणतन्त्रका न्युनतम मुल्य,मान्यता र यसका आधारहरु भन्दा सुन्दर पक्ष बिस्वको कुनै अन्य राजनैतिक संस्कारमा पाइदैन र छैन पनि !!
मानिस सामाजिक प्राणी हो अझ नेपालित आफैंमा एक कुशल लडाकु हुँदाहुँदै पनि अत्यन्तै सहिष्णु , मितब्ययी र #झिकिकटक मात्र गर्ने अनुशासित हुन्छ भन्ने बिस्व बुझाइलाइ गलत साबित गराइ नेपाली भनेको एउटा तुच्छ , अनपढ र झगडालु हुन्छ भन्ने गरिको इतिहासमै कलङ्कित र दुर्नाम गराउन यो तन्त्र सुन्दर हुँदाहुदै पनि यसका मतियारहरु देस र जनता दुबै पाटोलाइ बद्नाम गराउन हात धोएर लागेको कुरामा अब संखा गर्नै पर्दैन ।
बिशेसत यो देस २०४६ पछिको बहुदलिय ब्यबस्था पश्चात् अत्यन्तै नराम्म्रो पस्चगमनको सिकार हुँदै आयो , यसमा कैले राजालाई दोस दिइयोत कैले दलहरुलाइ तर सिस्टमलाइ कैलेई कुनै नेपालिले दोस दिन सकेन , किनकी यो आफैंमा गलत थिएन , यद्दपी देस जनता र उन्का चाहानाहरु सबै लिलाम गरि मनोमानी रुपमा आफुलाइ पावरमा पुर्याउन रचिएको तात्कालिक क्रान्ती आज कथित क्रान्तिनै थियो भनेर ठम्याउन पनि अब कुनै आइतबार कुर्नु नपर्ने भएको र यसको लिडर प्रचण्ड बाहेक अर्को होर ?
देसलाइ स्विजरल्यान्ड बनाँउछु भन्ने प्रचन्ड आज सबै भन्दा माथिको पावरमा छन तर उन्ले प्राप्तगरेको पावर आज कस्तो पावरहो आउनोस एक्छिन छल्फल गरौं :
जबजब देसमा हत्या, हिंशा र अधौगतिका शृङ्खलाहरुभए प्रचन्ड तिसबै घटनाहरुपा प्रतक्ष वा परोक्ष सामेल हुँदै आइ रहेका छन । २०६४ को संविधान सभाको चुनाब्को परिणाम ले सत्ताको प्रमुख पदमा पुगेका प्रचन्ड तीन महिना टिक्न सकेनन , यतिमात्र हैन आफ्नै पार्टि दस चिरा भजाएर अनि दम्बकै आडमा रास्ट्रलाइ धम्क्याएरै उक्त अन्तरिम संसद्लाइ नै धराप्मा पारी संविधान सभाको त्यत्रो जनमतको कुनै कदर नगरि संविधान बनाउनुत कताहो कता उल्टै आफ्नै सहपाटी मार्फत संसद बिघटन गराइ देसलाइ सुन्यतामा धकेली अन्तरिम सरकारले बल्लबल्ल दोश्रो संविधान सभाको चुनाब गराई आफ्नो त्यत्रो ठूलो जनमत चकानाचुर भै तेश्रो सक्तिमा खुम्चन मात्र नपुगी बिदेसी प्रभुकै इसारामा जनताको दबाब थेग्न नसकी बलजफती संघियता शब्द घुसाइ संविधान त घोसणा गरायियो तर त्यही घोसणाले देसका तमाम जनताको बाँच्न पाँउने अधिकार समेत दक्षिणी छिमेकिलाइ सुम्पिसकिएको प्रस्ट देखियो !
जति जति दिन्हरु बित्तै गए उतिउती प्रचन्ड आफुलाइ पटकौं पटक माथी पुर्याउन लागिनै रहे , उन्ले प्राप्तगर्ने पद , पावर र सम्मानले उन्लाइ यसरी लखेटी रहेको जसरी सपनामा कुनै अदृस्य भुत्ले एउटा मीठो निन्द्रको बालकलाइ लखेट्छ अनि निन्द्रम चिच्याउन पुग्दछन ।
हो आज प्रचन्डलाइ यो ब्यबस्ता र आफुले गरेका गल्तिहरुले भुतले झै लखेटि रहेको छ ,नलखेटोस पनि कसरी ? १७/१७ हजार निहत्था नेपालिको चिहानले मात्र नअघाएका प्रचन्डले अल्पायुमै आफ्नो छोरा समेत गुमाए !
यहाँ भ्रम पर्न सक्दछ प्रचन्ड पुत्र कुनै युद्द डोबको गहिरो घाउ वा युद्द पिडित घटनाले हैन उनित कुलत र बाउको अंगरक्षक र उनिहरुकै भासामा परिवर्तका संबाहक्को सोकिय सचिब हुँदाहुँदै लोकल ठर्‍आ देखि बिदेसी हुइस्की , ब्रान्डिको तागत पचाउन नसकेरै, कथित शान्ती प्रकिया पछि ५ तारे होटेल्का डिस्को डान्स र रोधी घरको रमझम पचाउन नसकेरै अल्पायुमै मृत्यु वर्ण गर्न पुगेका थिए , यतिमात्र हैन उनी एक हिसाबले पारसभन्दा कम हिम्मति थिएनन , कसरी भन्छ कसैले भने यस्को उदाहरण मैले दिई रहना पर्लार ?अबस्य पर्दैन होला ।
यहाँ भन्न खोजिएको केहो भने प्रचन्डले कमसेकम यो देस यँहाको संस्कार अनि सदियौं देखि चलिआएको चलन मात्र मानिदिएको भए मसान घाटमा बिलिन आफ्नै रगतको टाटाले पनि मोक्ष पाउने थियो र त्यही मसानघाटको भुतले यसरी बिपनिमै सपनिमा झैं लखेट्ने अबस्य थिएन होला !!
यतिमात्र हैन दुनियामा कुनै कुनामा व्यापार गर्ने व्यापारी , ठुला सासक , वा अन्य पुँजिपती, उधोगी र यस्तै पावरमा भएका ब्यक्ती नेपाल आउन घुम्न र मिले यतै बस्न आराम गर्न चाहन्छन तर प्रचन्ड पत्नी हेर्नोसत आज ती आमाको हालत ? यो दोस पनि उनै प्रचण्डलाई जान्छ किनकी एउटि संस्कारी नारिको कोखबाट जन्म लिएको सन्तान्को मृत्यु त्यसपछिको मृत्यु संस्कार अनि पद्दती सबै लाल झन्डा र मुठ्ठिले खोसे पछि बिचरी एउटि मात्री भक्तिकी खानी जन्म जननी जति हाँसेपनी के गर्नु न ती बैंकक्को पाँचतारे होटेल्को मीठो भोजन्ले उन्को मन बुज्दछ नत सिंगापुर को स्विमिङ पुल्को मज्जाले अनि नत इमाराती होटेलको दिन्कै २० लाख बढी खर्च पानीको चैरासी ब्यन्जन परिकारले !!
#प्रचन्ड, यो सब्दले कुनै बेला आहा अब देस बन्छ सिङ्गापुर हुन्छ अनि म पनि एउटा कुसल देसको नागरिक भएर गर्बकासाथ छाती फुलाएर यहि देसको सेवा गर्ने छु भन्ने उति बेलाको रक्तरन्जित झन्डामुनिका कयौं मुठिहरु आज अरब्का विभिन्न मुलुकहरु मा नाराम्म्ररी बेचिएका छन , कोहि उतै तिनै प्रचन्डको अझै जयजयकार गर्दैछन त धेरै जस्तो उनै प्रचन्डलाइ लाखौं प्रस्नहरु तेर्श्याएर आफ्नो अधिकार मागी रहेकाछन , थाहा छैन कतित स्कुलको प्रारम्भिक सिक्षानै पार गर्न नपाएकाहरु आज सामाजिक संजाल र इलेक्ट्रोनिक मिडियाहरुका रिपोर्टरहरु भै तिनै युद्दका डोबहरुको सकिनसकी कनिकुथी नालिबेली खोतलिरहेका छन , नखोतलुन पनि कसरी , परिवारको सदस्य नै गुमाउनु को पीडा एउटा आमाले कसरी बिर्सियोस एउटि अधबैसे नारिले कसरी बिर्सियोस अनि एउटि दिदी ले कसरी बिर्सियोस भाइ वा बैनी गुमाउनुको पीडा खै कसरी ?
अँह अझै नसोध्ने ?? त्यसो भए कैले सोध्नेत ??
प्रचन्डलाइ ??
२०१८ सालमा केशेरजंग रायमाझीले दुई तिहाइ बहुमत लिएर पञ्चायतमा हुलेको स्मरण हुन्छ मलाइ आज पनि !! हिजो साइकल चढ्ने कुरा गर्ने प्रचण्ड नै होइनन ?। तर व्यवहारमा लागू गर्नु गरेकी गरेनन ? तात्कालिन नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको खबर खुब गुन्जिएको अझै याद छ , यतिमात्र कँहाहोर !
तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो । जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राखेका थिए खोइ आज के गर्दैछ त्यो उतिबेलाको पथ नेपाल्लाइ सिङ्गापुर बनाँउन ??
अन्त्यमा
देस आज आज कहाँ पुग्यो अनि प्रचण्ड कहाँ र नेपाली जनताको चौतर्फी स्थिती कहाँ यो सोध्न पाँउनेकी नपाउने कि बर्तमान्मा नक्कली अरिङ्गल्लाइ मात्र छ यो अधिकार ??त्यसैले तमाम प्रस्नहरु अब आम नेपालिले गर्नै पर्दछ अन्यथा यो देस साम्यबादी युग र गणतन्त्रको नाटकिको रटान्मै जिजु बुवा देखि हाम्म्रो नाति सम्म यसरिनै यिनिहरुले सिध्याउनेछन

प्रतिक्रिया दिनुहोस