मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण ठप्प

रामेछाप : सोमबार राातिदेखिको झरीले काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या भएको छ । मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प रहेको छ । जहाज उडान भैरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । अहिले यहाँको भिजिबिलिटी त २५ सय मिटर नै छ, तर ठूलो झरीले विमानहरु बस्न सकेका छैनन्, मौसममा सुधार नभएसम्म अवतरण हुँदैन क्षेत्रीले भने । विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् । मौसम खराब हुँदा सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेका ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस