सिन्धुलीको नेपालथोक र काभ्रेको पाँचखालामा ७ वटा हेलिकोप्टर धान खेतमा आकास्मिक अवतरण

रामेछाप : सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौँ आउन लागेका ७ हेलिकप्टर सिन्धुलीको नेपालथोक र काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर सिन्धुलीको नेपालथोक र काभ्रेको पाँचखालमा अवतरण गरिएको छ । सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । सोलुखुम्बुबाट उडेका ८ मध्ये ३ वटा सिन्धुलीको नेपालथोक र ४ वटा काभ्रेमामा आकस्मिक अवतरण गरिएको छ । काभ्रेमा अवतरण भएका मध्ये एउटा केही मिनेटअघि मात्रै काठमाडौंका लागि उडेको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको छ । केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन् ।

प्रतिक्रिया दिनुहोस