सहयोगको लागि हार्दिक अपिल

काठमाडौँ । गोरखा सिरान्चोक गाउ पालिका वडा न. ६ गैह्रागाउ स्थायि घर भएका स्वर्गिय सोम बहादुर गुरुङ को कान्छो छोरा ३२ बर्सिय मेन बहादुर गुरुङ को सपना त्यो बेला चक्नाचुर भयो भुकम्पले ध्वस्त बनाएको र बर्सौ टहराको बास लाइ समाप्त गरि नया घर मा बस्ने सपना मात्र चक्नाचुर भएन आफ्नो बाकि जिबन नै ध्वस्त भयो ।

घर निर्माण को लागि झ्याल ढोकाको  काठ काट्ने क्रममा २ महिना अघि आफैले काटेको रुख आफै माथि बजृदा गर्दन भन्दा तल गम्भिर चोट लागि स्पाइनल कड (मेरुदण्ड को हाड) भाचिएर शरिरका सबै भाग प्यारालाइसिस भै (CMC ) हस्पिटल मा उपचारमा लगेको मा डाक्टरको उचित सल्लाह र उपचार नपाउदा समयमा अपरेशन हुन सकेन अब उपचार हुन्न घर लैजानु भन्ने डा. को सल्लाह र आफन्त सहित निरास जिबन एम्बुलेन्स मा फर्कदै गर्दा सास रहे सम्म आस रहन्छ भन्ने जस्तै केहि आफन्त ले मलाइ सुचना गरेको ले म आफु पनि पारिवारिक सदस्य को ४ वर्षको पक्षघात को पिडा बाट गुजृरहेको ले काठमाडौं ल्याउन सल्लाह दिएर बिर हस्पिटल ट्रमा सेन्टर मा करिब एक महिना राखि सफल सल्यकृया सम्पन्न भयो ।

आर्थिक अभाब परिवारको गरिबि एक दाजु रातदिन भाइको सेवामा तल्लिन श्रीमती दुइ अबोध बालक र बुढि आमा (सासु) को पालन पोषण मा लाग्नु पर्ने बाध्यता नेपाल सरकार को तर्फ बाट प्राप्त एक लाख रुपया र रिण धन गरि अपरेशन सम्म सम्पन्न भएको छ। बिरामि को हालको अबस्था सुधारोन्मुख छ तर लामो समयको उपचार फिजियो थेरापि कुरुवाको ब्यबस्थापन दैनिक २ देखि ३ हजारको खर्च जुटाउन नसक्दा झिनो आशालाइ मार्दै फेरि मृत्यु लाइ कुर्न बाध्य भै गाउ जानु पर्ने आबस्था सिर्जना भएको छ बिरामि हाल सागा स्थित स्पाइनल इन्जुरी अस्पताल मा उपचार्थ रहेको छ ।

लामो उपचार पद्दती लाइ सुचारु गर्न तपाइ केहि सहयोगि मन र हात हरुको जरुरि छ । तपाइ हाम्रो सानो सहयोग ले एक अपाहिसले जिबन पाउछ, अबोध ७ बर्स र १ बर्स का छोरा छोरि ले बाबु बृद्द आमा ले छोराको सहारा श्रीमति ले अपाङ्ग श्रीमान को सहारा  तसर्थ स्वच्छ मनले सहयोग गरौ हाम्रो सानो सहयोग ले बिरामि ले नया जिबन प्राप्त गरोस।

सहयोगको लागि सम्पर्क : मन बहादुर गुरुङ (दाजु) 9845349466

सागा स्पाइनल इन्जुरि हस्पिटल बेड न.१५

प्रतिक्रिया दिनुहोस