रामेछाप जिल्ला प्रशासनले मन्थली बजारमा अनुगमन कडाइ

रामेछाप : रामेछाप जिल्लामा सोमबार पनि जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम मन्थलीमा संचालित खाद्यान्न पसलहरुको अनुगमन गरी सुर्तीजन्य र म्याद सकिएको बस्तुहरुको जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंघ सहितको संयुक्त अनुगमन टोलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य समान , म्याद गुज्रिएका अखाद्य बस्तु , जुस लगाएतका सामाग्री जफत गरेको हो । मन्थलीमा संचालित पिके जनरल स्टोर्स एण्ड सप्लायर्सबाट तास १२ दर्जन,म्याद नाघेको प्रगति मिरिचको धुलो २० प्याकेट,मसला ठुलो २
प्याकेट,चक्की आँटा १ बोरा , कार्की स्टोर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको विस्कुट एक बोरा र तास ४ प्याकेट जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले अनुमती विना संचालित गोपाल बहादुर सिवाकोटीको पसलबाट म्याद नाघेको पेप्सी २ बोतल , श्रेष्ठ फाष्ट फुड सेन्टरबाट म्याद सकिएको पाउरोटी एक प्याकेट , एस.के किराना पसलबाट म्याद नाघेको सिन्की चाउँचाउँ ठुलो ५ मुठा , चन्द्र किराना पसलबाट म्याद नाघेको तेल २ बोतल , जम्बो पेप्सी २ बोतल जफत गरिएको बताए । त्यसैगरी अभिशेक इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट इजाजत विना विक्रि गरिरहेको चुरोट २ बट्टा , ठुलो प्याकेट खैनी ३ प्याकेट , र उमाकुण्ड खाद्य स्टोर्सबाट इजाजत बिना विक्रि गरिरहेको गुट्खा १३ पोका , करेन्ट सुर्ती ५ पोका , म्याद नाघेको पानी पुरी १० प्याकेट ,केराउ १५ केजी ,धनियाँ ४ केजी जफत गरिएको जिल्ला प्रशासनले जनाएको छ । अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा भुजेलले अनुगमनसंगै खाद्यान्न पसलहरुलाई आवश्यक निर्देशन दिएको बताए । आगामी दिनमा सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमनलाई थप कडाई गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस