रामेछाप ट्राफिक प्रहरीले दशैको बेला जिल्लामा यातायात व्यवस्थापनमा कडाई गर्ने निर्देशन

रामेछाप : रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनलाई अझ कडाई र प्रभावकारी बनाउँने बारेमा सरोकारवाला निकायबिच छलफल भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको अध्यक्षता र पुर्व सांसद देवशंकर पौडेलको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा यसबारेमा छलफल भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दशैको बेलामा बढि भाडा असुल गर्ने, सीट क्षमता भन्दा बढि यात्रुहरु ओसार्ने र छतमा ब्यवसायिक समान बोक्ने यात्रुबाहक गाडिलाई कडा कार्बाहि गर्ने भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आयोजना गरेको यातायात ब्यवसायि सहितको सर्बपक्षिय बैठकमा ट्राफिक प्रमुख होम बहादुर भित्रिकोटीले यस्तो बताएका हुन् । गएको दशै र तिहार का बेला यत्रुहरुको चाप बृद्धि भई असुरक्षित यात्रा गराउदा हुन सक्ने संम्भाबित दुर्घटनालाई ध्यानमा राखि प्रहरीकार्यालयले ट्राफिक ब्यवस्थापन सम्बन्धि अन्तरकृया कार्यक्रमको अयोजना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी के सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष कुमार भट्टराइले जुन गाडिले बढि भाडा असुलेको प्रमाणित हुन्छ त्यस गाडिलाई जरिवाना गराउने मात्र हैन दशै भर चल्न नपाउने गरी नियन्त्रणमा लिने बताए । प्रमुख जिल्ला अधिकारी केसी ले जिल्ला सदरमुकाम देखि बिभिन्न पालिकाहरुमा जाने सडकहरु तत्काल सफा एबं स्तरोन्नति गर्नुपर्ने भएकोले सम्बन्धित गाउपािलका र नगरपालिकाका प्रमुखहरु सहितको संयुक्त बैठक चाडै नै बोलाउने बताइन । उनले भनिन सिट क्षमता भन्दा बढि यात्रुहरु राख्दा दुर्घटना को संभावना हुने हुनाले बाटोको स्तरोन्नति सँगै सवारी साधनहरुलाई नियमित र छड्के रुपमा चेक जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइन । कार्यक्रमका असरमा पूर्ब सांसद देवशंकर पौडेलले आफ्नो क्यूमा नचल्ने आफुखुसी यात्री चढाउदै हिड्ने जुनसुकै सवारी साधनलाई पनि कार्बाहि गर्नु पर्ने बताए ।

कार्यक्रममा सहभागि भएका अधिकांस बक्ताहरुले मन्थली देखि काठमाण्डौ को सुमोको भाडा रु ५०० भएपनि दशै र तिहारको बेला प्रति यात्रु १००० देखि १२०० सम्म असुल्ने गरेको बताए । उनीहरुले यस्ता सवारी साधनलाई अनिबार्य रुपमा कार्बाहि हुनुपर्ने कुरालाई जोड दिए । बिषेश गरी सुमो गाडिहरु चार्ड पर्बको बेला काउन्टर बाट नछुटी बाहिर बाहिरै बाट रिजर्भ भन्दै मनलाग्दि भाडा उठाउर्ने गरेको पाइएको र बसहरुले आरक्षण सिट कहिल्यै पनि नदिने गरेको जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष नारायण दाश श्रेष्ठ ले बताए । कार्यक्रममा उपस्थित यातायात ब्यवसायिहरुल्ो बिगतका बर्षहरुमा जे सुकै भएको भएपनि यस बर्ष भने दशै तिहारमा नियमित रुपमा काउन्टर बाटनै यात्रुवाहक गाडिहरु टिकट काटेर चलानि सहित छुटाउने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस