रविको कार्यक्रम फेरि विवादमाः ९० करोडको काण्ड छताछुल्ल

दियोपोष्ट अनलाईनले रवि लामिछानेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको आडमा न्युज २४ टेलिभिजनका मालिक अनिल जोशिले अनियमितता गरेको खुलाएको छ । गत साउन १५ गते न्युज २४ टेलिभिजनमा एउटा प्रोमो बज्यो–‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकको कालोधन्दा । बचत कर्ताको पैसामा सञ्चालकको रजाई ‘प्रतिक्षा गर्नुहोस् । जम्मा ३५ सेकेन्डको उक्त प्रोमोलाई फेसबुकमा शेयर मात्रै होइन डलर खर्च गरेर बुस्ट पनि गरियोे । ‘शुक्रपथ सहकारीको मनपरी, जनता ठग्ने शुक्रपथको कालोधन्दाको चाँडै हुँदैछ पर्दाफास’ शिर्षक यही थियो । तर टेलिभिजनको स्क्रिनमा त्यो प्रोमोको फूल रिपोर्ट कहिल्यै बजेन । प्रोमो देखाएर टेलिभिजनका मालिक अनिल जोशीले उल्टै कालोधन्दा चलाएको पोल खुल्यो । चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेद्वारा सञ्चालित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ उक्त रिपोर्ट बजाउने भन्दै एक रिपोर्टरले सहकारीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्टसँग प्रतिक्रिया लिएका थिए । सहकारीका सञ्चालकहरुलाई ‘सिधा कुरा’ टेलिभिजनमा प्रशारण हुने ठूलो डर पनि थियो । त्यही डरमा पारेर टेलिभिजनका मालिक अनिल जोशीले बार्गेनिङ गरे । प्रोमो बजिरहेकै समयमा अनिल जोशीका पुत्र अधिस जोशीले नरेन्द्र विष्ट लगायत सहकारीका सञ्चालकहरुलाई भेटे । उनीहरुबीच भेटपछि कार्यक्रम रोक्ने र लेनदेनमा टुंग्याउने सहमति भयो । ३५ सेकेन्ड प्रोमो बजाएपछि टेलिभिजनले १५ करोडको पार्टनरसिप लियो । तर, आफ्नो नाममा होइन राजधानी दैनिकका मालिकका छोरा आशिष शेरचनलाई देखाइयो । अनिल जोशीका तर्फबाट भने गौतम थरका एक व्यक्तिलाई साक्षी राखियो । राजधानीको न्युरोड शुक्रपथमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले नैकापमा पार्टनरसिपमा जग्गा खरिद गरेका थए । सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्याय र प्रमुख कार्यकारी नरेन्द्र विष्टले सहकारीको रकम मनोमानी रुपमा जग्गा लगानी गरेका थिए । सहकारीकै सहायक कम्पनि शुक्रपथ इन्भेष्टमेन्टको नाममा राजधानीका नैकाप र बलम्बुमा करिब ७० रोपनी जग्गा बैना गरेका थिए । ७० मध्ये ३५ रोपनी जग्गा उनीहरु खरिद गरिसकेका थिए । ती जग्गाहरु सहकारीकै सञ्चालकहरुको नाममा थियो । उनीहरुले जग्गा बैनाका लागि १२ करोड १७ लाख खर्च गरेका थिए । काठमाडौंको पुरानो नैकाप गाविस वडा नम्बर ४ र बलम्बु गाविस वडा नम्बर ९ को कित्ता नम्बर, ७८, ४५, १५, २८, ६, १७, २९, ८०, ८१, ७७, ४, १०९, २, ३, ५, १४, ३०, १६, १५०, १२९, १३०, १२७, १२८, १२६, १३६, १७८, ११३, १०७, ११८, १४८, १४९, ११५, ११३, ११७ का जग्गाहरु शुक्रपथ सहकारीका सञ्चालकहरुको नाममा नामसारी गरिएको थियो । सोही विषयमा चित्त नबुझेको सहदेव कक्षपती, रमेश ढकाल लगायतको समुहले न्युज २४ टेलिभिजनलाई गुहारेको थियो ।टेलिभजनले जग्गा दलाल मध्येकै रमेश ढकाललाई नक्कली पीडितको रुपमा देखाएको थियो । सहकारीका सञ्चालकहरुले जग्गा दलाली धन्दा चलाएको विषयमा बनाइएको प्रोमोमा सहकारी विभागका प्रवक्ता शशिकुमार लम्सालको भनाई समेत प्रस्तुत गरेको थियो । सोही प्रोमो पछि समस्यामा परेको सहकारीलाई जोशीका पुत्र अधिश जोशीले भेटेका थिए । उनीहरु भेटेपछि अर्को करारनामा भयोे । टेलिभिजनले घुमाउरो पारामा आफूले तेस्रो पक्षिय पार्टनरसिप लियो । २०७६ भदौ ४ गते । जग्गा धनीको रुपमा रहेका सहकारीका सञ्चालकहरु, दोस्रो पक्ष भनिएका एक अर्का व्यक्ति र तेस्रो पक्ष आशिष शेरचन । आशिष शेरचन राजधानी दनिकका मालिक महेन्द्र शेरचनका पुत्र हुन् । आशिष र अधिष मिल्ने साथी हुन् । यता अनिल जोशीका तर्फबाट जनक गौतमलाई साक्षी राखेको सम्झौतामा सहभागी एक प्रतिनिधिको दाबी छ । सम्झौताको सार थियो– सहकारीका सञ्चालकहरुले खरिद गरेको जग्गा टेलिभिजनलाई दिनुपर्ने । करिब ८० देखि ९० करोड मुल्य पर्ने उक्त जग्गा न्युज २४ टेलिभिजनले जम्मा १ करोडमै हत्याएको छ । १५ करोडको पार्टनरसिप भनिएपनि पुरै रकम भने दिएको छैन । हालसम्म सहकारीका सञ्चालकहरुले जम्मा १ करोड मात्रै पाएको उल्लेख छ । टेलिभिजनका मालिक अनिल जोशी
दियोपोस्टले फेला पारेको प्रमाण अनुसार अनिल जोशीका तर्फबाट प्रतिनिधि बसेका आशिस शेरचनले शुक्रपथ सहकारीका सञ्चालकलाई आफ्नो नाममा रहेको नबिल बैंकको खाता नम्बर २०१००१७५००२४४ को चेक नम्बर ००२६१८३८३७ बाट रु एक करोड रुपैयाँ दिएको पाइएको छ । तर बाँकी ९ करोड एघार लाख रुपैयाँ दिएको भनिएपनि चेक नम्बर र खाता नम्बर उल्लेख छैन । गत भदौ १४ गते भएको करारनामाको ४५ दिन भित्र उक्त जग्गाहरु न्युज २४ द्वारा तयार पारिएको तेस्रो पक्ष अर्थात आशिष शेरचनको नाममा नामसारी हुने लिखित सम्झौतामा उल्लेख छ । यसरी जग्गा आफ्नो नाममा आउनेभएपछि भने टेलिभिजनले उक्त प्रोमो नै फेसबुकबाट समेत डिलिट गरेको छ । यद्धपी दियोपोस्टले भने उक्त प्रोमो फेला पारेको छ । टेलिभिजन प्रोमोमा देखिए नक्कली बिचौलिया ! टेलिभिजनमा प्रोमो बज्दै गर्दा एक पीडितले आफ्नो भनाई राखेका छन् । तर, ती व्यक्ति वास्तविक पीडित नभई नक्कली पीडित रहेको समेत खुलाशा भएको छ । पीडित भनिएका व्यक्तिलाई समेत साक्षी राखीएको पाइएको छ । सम्झौतामा रमेश ढकाल नाम गरेका व्यक्तिलाई साक्षी बनाइएको छ । तर, उनी वास्तविक पीडित नभई विचौलिया भएको पाइएको छ । पीडित भनिएका रमेश र सहदेव कक्षपतिको टेलिभिजनका मालिक अनिल जोशीसँग निकट सम्बन्ध रहेको स्रोतको दाबी छ । यस विषयमा टेलिभिजनको सम्पर्क नम्बरमा फोन गर्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस