रामेछापमा डेंगुको संक्रमणबाट बाच्न र सावधानी अपनाउन स्वास्थ्य कार्यलय आग्रह

रामेछाप : देशैभरी अहिले डेंगु रोगको संक्रमण फैलिएपछि जनस्वास्थ्य कार्यलय रामेछापले सावधानी अपनाउन जिल्लावासिहरुलाई अनुरोध गरेको छ । विगत केहि दिनदेखि देशको विभिन्न जिल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको र डेंगु रोगको संक्रमण रामेछाप जिल्लामा समेत देखिन थालेको हुँदा सम्पूर्ण नागरिकहरुलाई सचेत रहन अनुरोध गरिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विध्या खनालले बताउनुभयो ।
८ वटा स्थानिय तहहरु रहेको रामेछाप जिल्लामा विस्तारै संक्रमण फैलन सक्ने भएकाले समयमै सचेत भई संक्रमणबाट जोगिन नागरीकहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले मुलुकैभर देखिएको डेंगले विभिन्न जिल्लाहरुमा बिरामीको संख्या बढ्दै गएको छ ।

डेंगु रोगका लक्षणहरु

यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा परेपनी संक्रमितमध्ये केही भने सिकिस्त पनि हुन जान्छन ।

यसरी बच्नुहोस् रोगलाग्नबाट

रोग लाग्नै नदिन लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने। पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने। स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने र मार्ने औषधि छर्किने। हातखुट्टामा लाम्खुट्टे भगाउने लोसनरकृम लगाउने। आफ्नो घर ओरिपरि झार तथा रुखका हाँगा कटाएर खुला वातावरण बनाउने । गोवरजन्य गन्ध आउने बस्तुलाई घरबाट टाढा राख्ने । बेलुकाको समयमा घरका झ्यालहरु बन्द गर्ने,भ्यालको जाली लगाउनmे अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न र खेल्न नदिने लामखुट्टेकाका लाभाहरु मार्न स्वास्थलाई असर नपार्ने गरि औषधिको प्रयोग गर्ने तथा राती सुत्दा झुलको प्रयोग गर्ने । रोग लागेको आफुमा संका लागेमा तुरुन्त नजिकै रहेको स्वास्थ संस्थामा चेक जाँच गराउने र संक्रमणको समयमा कसैलाई पनि रक्त आदान प्रदान नगर्ने ।

प्रतिक्रिया दिनुहोस