आजको राशिफल

वि.सं.२०७६ साल भाद्र ३० गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि द्वितीया,१६ घडी ५३ पला,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र रेवती,५४ घडी १८ पला,रातको ०३ बजेर ३३ मिनेट उप्रान्त अश्विनी । योग वृद्धि,४३ घडी ४७ पला,बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४२ पला । पञ्चक। पञ्चक समाप्ति। तृतीया श्राद्ध।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानि हुनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानि कम हुने तथा लगानि गर्न केहि समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथिभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रतिष्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटि र अशान्ति छाउँनेछ । अन्य व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुचि बड्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- व्यापारबाट भनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानि गर्ने अवसर जुर्नेछ । सापटि लगिएका धन तथा सम्पति फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाइैकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
ज्योतिषी दुर्गा भण्डारी
तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस