रामेछापका विद्यालयहरुमा पनि विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय बाल दिवस कार्यक्रम गरी मनाईदै

आज राष्ट्रिय बाल दिवस रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ यो वर्ष राष्ट्रिय बाल दिवस मनाइएको हो ।
आज रामेछाप जिल्लाको विभिन्न स्थानिय तहहरुमा रहेका विभिन्न विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन । दिवसका अवसरमा विभिन्न विद्यालयहरुमा आज हाजिरी जवाफ , बक्तृत्वकला , वादविवाद प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना दिवस मनाइएको छ ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेपछि प्रत्येक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउन थालिएको हो । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस