रामेछाप मन्थली बजारमा म्याद नाघेका र इजाजतविना विक्रि गरिरहेको सामान प्रशासनद्धारा जफत

रामेछाप : रामेछाप जिल्लामा समान्यतया उपभोग्य अवधि नाघेका खानेकुरा लगायत उपभोग्य सामाग्रिहरुलाई विष समान मानिन्छ । तर रामेछाप जिल्लामा यस्ता सामाग्रिहरुको विगविगि देखिएको छ । गाउँघरमा मात्र हैन जिल्ला सदरमुकाम मन्थली बजारमा समेत यस्ता सामानहरु प्राय पसलहरुमा बिक्रिको लागि राख्ने गरेको पाइएको छ। जिल्ला स्तरीय बजार अनुगमन समितिले हरेक पटक गर्ने गरेको बजार अनुगमनको क्रममा जिल्ला सदरमुकामकै पसलहरुमा यस्ता म्याद राखेका उपभोग्य सामाग्रिहर बिक्रिको लागि राख्ने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाला समेतको सहभागितामा हरेकपटक हुने अनुगमनमा म्याद नाघेका सामानहरु जफत गरि सचेत गराउने गरिएको भए पनि म्याद नाघेका सामानहरुको बिक्रि रोकिएको छैन । यसैगरि इजात नलिएका पसलहरुले समेत मदिरा तथा खैनी र चुरोट बिक्रि गर्ने गरेको पाइएको छ । आइतबार पनि जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम मन्थलीमा संचालित कस्मेटीक ,तरकारी तथा फलफूल र खाद्यान्न पसलहरुको अनुगमन गरी सुर्तीजन्य र म्याद सकिएको बस्तुहरुको जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंघ सहितको संयुक्त अनुगमन तोलीलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य समान , म्याद गुज्रिएका अखाद्य बस्तु , जुस तेल लगाएतका सामाग्री जफत गरेको हो ।
मन्थलीमा संचालित अन्जन इन्टरप्राइजेजबाट तास ५ प्याकेट , म्याद नाघेको कस्मेटीक सामान एक बोरा , दामि साबुन ५३ वटा र नुहाउँने स्याम्फु ४० बोतल ,अनुराग इन्टरप्राइजेजबाट तास १५ प्याकेट , म्याद नाघेको पोन्स हाइट ८ वटा , कस्मेटीक सामान ५ थान र म्याद नाघेको निहार जान्ती ११ बोतल जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले गुप्ता तरकारी तथा फफूल पसलबाट तास ९ प्याकेट , म्याद नाघेका आलु चिप्स २ प्याकेट , ट्वाइलेट क्लीनर ५ थान ,श्याम स्टोर्स एण्ड सप्लायर्सबाट म्याद सकिएको स्याम्फु १ सय ५३ थान र बिस्कुट ४८ प्याकेट , आइएस स्टोर्सबाट म्याद नाघेको पापड ८२ प्याकेट ,बिस्कुट १० प्याकेट , इजाजत बिना विक्रि गरिरहेको गुट्खा २१ प्याकेट ,खैनी ३५ पोका जफद गरिएको बताए । त्यसैगरी जिरेश्वरी तरकारी तथा फलफूल पसलबाट बिना इजाजत विक्रि गरिरहेको खैनी ३५ पोका , मडुवा सुर्ती एक प्याकेट , म्याद सकिएको पोट्याटो चिप्स ५ पोका , जुस ठुलो ५ बोतल र बदाम २ किलो जफत गरिएको उनको भनाई छ । अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा भुजेलले अनुगमनसंगै खाद्यान्न पसलहरुलाई आवश्यक निर्देशन दिएको बताए । आगामी दिनमा सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमनलाई थप कडाई गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस