श्री मावि राकाथुमद्वारा बालदिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

रामेछाप : २९ औ बालअधिकार दिवसको अवसरमा रामेछापको श्री मावि राकाथुम १ खाँडादेवीले विभिद कार्यक्रमको अयोजना गरेको छ । वडा कार्यालसँगको समन्वय तथा विद्यालय र बाल क्लवको आयोजनामा कार्यक्रम भएको हो । विद्यालयले दिवसको अवसरमा बक्तृत्वकला, वादविवाद, नृत्य, हस्तलेखन लगायतका प्रतियोगितका साथै प्रवचन कार्यक्रम समेत सम्पन्न गरेको छ । संघिय सांसद श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेले, नेकपा केन्द्रिय सदस्य एवं पूर्वमन्त्री कमलप्रसाद चौलागाईँ, ३ नं प्रदेशका सांसद शान्तिप्रसाद पौडले, नेकपका केन्द्रिय सदस्य एवं युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, खाँडादेवी गाउँपालिका ६ का वडाअध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक पुष्कर कार्की, वडा नं २ का वडाअध्यक्ष विष्णु कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले बालप्रतिभाको खोजिको लागि कार्यक्रम आयोजना गरिएको बताए । प्रमुख अतिथि सांसद श्यामकुमार श्रेष्ठले राकाथुम र त्यहाँको शैक्षिक क्षेत्रका विकासलको लागि आफू सदैव लागि रहेन बताए । पूर्वसांसद देवशंकर पौडेलले बालबालिकाको विकासमा समाज र वातावारणले प्रभाव पार्ने भएकोले त्यसमा ध्यान दिन आग्रह गरे । पूर्व मन्त्री कमल चौलागाईँले राकाथुमले छोटो समयमै परिवर्तन र विकासमा फड्को मारेको बताए । प्रदेश सांसद शान्तिप्रसाद पौडेलले वौद्धिक क्षेत्रको विकासको लागि यस्ता कार्यले सहयोग पुग्ने बताए । गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले गाउँपालिका भित्र कुन वडाले राम्रो काम गर्ने भन्ने प्रतिष्पर्धा सुरु भएको बताए । वडा नं १ का अध्यक्ष विष्णु श्रेष्ठले वडाको समग्र विकासको लागि सबैको ध्यान जानु पर्नेमा जोड दिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम तामाङले विद्युत सेवा नपुगको विपन्न तथा दलित परिवालाई गाउँपालिकाको तर्फबाट निशुल्क उपलब्ध गराएको बिजुली बाल्ने सोलारका उपकरणहरु वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस