दाङबाट ३ किलो अफिम सहिद एकजनालाइ पक्राउ

दाङ:-   जिल्ला प्रहरी कार्यालय दाङले ३ किलो ग्राम अफिम सहिद एकजनालाइ पक्राउ गरेको छ ।रोल्पाको थबाङ गाउँपालिका २ निबासी हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ बर्षकी नबीना रोका घर्तीलाई तीन किलो तीन सय ग्राम अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले नबीनालाई घोराही १४ मा रहेको बिरमाया पुनको डेराबाट पक्राउ गरेको प्रहरी प्रबक्ता डिएसपी बिनोदबिक्रम शाहले जानकारी दिए । साथै बिरमायाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस