अाजको राशिफल

वि.सं.२०७६ साल भाद्र २९ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि प्रतिपदा,१२ घडी १७ पला,बिहान १० बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र उत्तरभाद्रपदा,४८ घडी ४१ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त रेवती । योग गंड,४२ घडी ५७ पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त वृद्धि । करण कौलव,बिहान १० बजेर ४४ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ४१ मिनेट उप्रान्त गर । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान ३० घडी ४६ पला । पञ्चक। द्वितीया श्राद्ध। पुञ्चली भुजा। बालदिवस। सर्वार्थ्सिद्धि योग रातको ०१ बजेर १७ मिनेटसम्म।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछैन भने सामाजिक कामहरु समयमा सम्पादन नहुदा जनताको आलोचना सहनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । स्वास्थ्यले साथ नदिने हुदा काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा एक अर्का्बिच मनमुटाब बढ्ने योग रहेकोछ । आफन्त तथा बुवा सरहका व्याक्तिसँग मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खानपान तथा मोषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानि गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी बहन नगर्नुनै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रतिष्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अध्ययनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानि बढ्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन उत्तम रहेकोछ । बौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- अरुकै काममा समय व्यातित हुँदा आफ्नो कामभने थाति रहनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । अध्य व्यापारमा मन्दि आएपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बिश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानि बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईमा मन जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

ज्योतिषी दुर्गा भण्डारी
तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस