तुलसीपुर नगर समितिको अायोजनामा राष्ट्रिय शिक्षा संगठनको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

दाङ:-  नेपाल राष्ट्रिय शिक्षक संगठनको स्वागत,विदाई तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर नगर समितिको आयोजना तथा जिल्ला समितिको ब्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगर समितिका अध्यक्ष पदम बहादुर वलीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सचिब भागवत पौडेलको प्रमुख आतिथ्यमाा कार्यक्रम भएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षा संगै संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकको भुमिका महत्वपुर्ण हुने हुदा सबै शिक्षक जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार वाट पुरस्कृत मावि सेण्टरका प्रधानाध्यापक तथा प्रदेश नम्बर ५ का सचिब भागवत पौडेललाई सम्मान गरिएको थियो भनेर लामो समय सम्म सेवा गरि गोल्डेन ह्यान्डसेक मार्फत सेवा निवृत्त शिक्षकहरुलाई विदाई गरिएको थियो ।
यस्तै,तुलसीपुरका विद्यालयमा सरुवा भई आएका,अन्य संगठन परीत्याग गरी शिक्षक संगठनमा आएका तथा नवनियूक्त शिक्षकहरु प्रेम बहादुर वली,लक्ष्मीराज गिरी,विमला डाँगी,मान बहादुर वली,विश्वराज रिजाल,मान बहादुर बुढा,कालिका चन्द लगायतका शिक्षकहरुलाई स्वागत गरिएको थियो । सो अवसरमा शिक्षक संगठनले आगामि दिनमा गर्ने काम,संगठन निर्माणमा खेल्नुपर्नेमा भुमिका र शैक्षिक सुधारका लागि खेल्ने भुमिकाका बारेमा प्रशिक्षण दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस