काठमाडौं :- बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको छ ।नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर गृहमन्त्री बादललाई ज्ञापनपत्रका हुन् ।विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो । जसका जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही घाइते भएका थिए ।
यो पनि
बाँकेमा काँग्रेस–नेकपाबीच झडप : काँग्रेस बाँकेका सभापतिको हात भाँचियो
कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमणमा काँग्रेसले जनाएको छ ।पार्टीले उक्त घटनालाई घटनाका रुपामा नभइ प्रवृतिका रुपमा लिएको भन्दै गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाइएको काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँले बताए ।यता गृहमन्त्री बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भने, ‘नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बदाइसकिएको छ ।’
यो पनि
बाँके घटनाका दोषीमाथि कारबाही नभए संसद चल्न नदिने देउवाको चेतावनी
शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाले पनि दोषीमाथि कारबाही नभए संसद चल्न नदिने चेतावनी दिएका थिए ।काँग्रेसले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला सभापति कोइरालाका छोराले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग उजुरी दर्ता गराएका छन् ।
हिजो काँग्रेस बाँकेले वडाध्यक्ष मल्ललाई पनि कारबाहीको माग गर्दै प्रशर्दन गरेको थियो । वडाध्यक्ष मल्ल तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।