सिन्धुलि : सिन्धुलीको सुनकोशी गाउपालिका –३ बोहोरेटारमा शुक्रवार आधारभुत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा सुनकोशी गाउँपालिकाको आर्थिक सहयोग, प्लान ईन्टरनेशनल नेपाल, जिएसडिपी, साविका, हेन्डस नेपाल सिन्धुलीको सहयोग र सुनकोशी गाउपालिका स्तरीय किशोरी सञ्जाल, बाल सञ्जालको आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।प्रतियोगीतामा सहभागी २० वटा विद्यालयलाई पछि पार्दै सुनकोशी गाउपालिका – १ मा रहेको देवीस्थान माध्यमिक विद्यालय बालुवा प्रथम भएको छ । प्रथम हुने देवीस्थान माध्यमिक विद्यालयबाट सुसन तोलांगे, सरस्वती गैरापित्ले र सागर पौडेल प्रतियोगीतामा सहभागी भएका थिए । प्रतियोगीतामा पञ्जकन्या माध्यमिक विद्यालय हायूगाउँका शेर बहादुर हायू, मिलराज पुलामी र सरला हायूको समुह द्धितिय भएको छ । त्यस्तै प्रतियोगीतामा प्रगतीशिल माध्यमिक विद्यालयका रञ्जिता कार्की, दिपशिखा प्याकुरेल र दिर्घ बहादुर सिँजालीको समुह तृतिय भएको छ ।प्रतियोगीतामा सानत्वना स्थान कुशेश्वर विद्यापिढ माध्यमिक विद्यालय दुम्जाका माया योञ्जन, सानीमाया योञ्जन र रुपेश भुजेलको समहले हात पारेको छ । प्रतियोगीताका प्रथम, द्धितीय,तृतिय र सानत्वना स्थान हात पार्न सफल विद्यालय र सहभागी विद्यार्थीहरुलाई सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले मेडल तथा प्रमाण पत्र प्रदान गरिन । प्रतियोगीताका प्रथम, द्धितीय,तृतिय र सानत्वना स्थान हात पार्न सफल विद्यालय र सहभागी विद्यार्थीहरुलाई सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले मेडल तथा प्रमाण पत्र प्रदान गरिन । कार्यक्रममा सम्बोधन गर्दै बालविबाह,बालश्रम र छुवाछुत मुक्त गाउपालिका बनाउन लागि परेका बताईन् । बालविवाह, बालश्रम मुक्त गाउपालिकाले बनाउने अभियान सफल बनाउन सवैको साथको आवश्यकता पर्ने भन्दै विद्यालयका बालबालिकाहरुलाई पढाईका साथै नैतिक शिक्षामा पनि जोड दिन उनले शिक्षकहरुलाई आग्रह गरिन् । गाउपालिकाका उपाध्यक्ष दिर्व सिँ मुक्तानले गाउपालिका भित्रका अभिभावक विहिन बालबालिको शिक्षा, दिक्षा पालन पोषणको जिम्मा गाउपालिकाले लिने बताए ।
एउटा निश्चित मागदण्ड बनाएर बास्तविक अभिभावक विहीन बालबालिकालाई मात्रै यस्तो सेवा दिईने उनको भनाई छ । उनले गाउपालिका भित्र संचालन भएका होटलहरुमा रहेका बालश्रमिकहरु तत्काल हटाउन आग्रह गर्दा पनि अटेर गरेर बालबालिकालाई श्रममा लगाई रहेका होटलहरुलाई कारवाही गरिने बताए । कार्यक्रममा जिल्ला युवा सञ्जालका अध्यक्ष रामकाजी घलानले बालबालिका देशका कर्णधार भएकाले बालबालिकाहरुलाई शिक्षित, स्वस्थ र मेहनती बनाउनुपर्ने बताए ।