आजको राशिफल

वि.सं.२०७६ साल भाद्र २८ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि पूर्णिमा,०७ घडी १२ पला,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाभाद्रपदा,४२ घडी २६ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग शूल,४१ घडी ३७ पला,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त गंड । करण बव,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त बावल,बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काल योग । चन्द्रराशि कुम्भ,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान ३० घडी ५० पला । पञ्चक। येँ पुन्ही। वंगया–मंगया। काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । साझपख लामो दुरिको यात्रा हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सरकारि साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ । साझपख व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पति तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा समय दिन नसक्दा आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुष हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनेछन् । साझपख लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सहयोगी तथा प्रतिष्पर्धिहरुले तपाईको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक रुपमा सम्पन्न हुनको लागि चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । सवारी साधन तथा कृषि सहकारिको क्षेत्रमा काम गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । साझपख आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारीक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरि आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- व्यापारमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक बृद्धिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । बिद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतिजा आफैतिर ल्याउँन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउदै बढ्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यावसायमा कम आम्दानि हुने तथा आर्थिक पक्ष दुर्वल देखिन्छ । चोटपटकको भए तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । तापनि लामो दुरिको यात्रा हुनेछ । साझबाट छिमेकमा राम्रो काम गर्न सकिने तथा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ कामको प्रश्ताब आउने तथा आम्दानिमा बढोत्तरि हुनेछ । मित्र तथा परिवारका सदस्यहरुले तपाईको काममा समर्थन गर्नेछन् ।

ज्योतिषी दुर्गा भण्डारी
तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस