BREKING : गुण्डा नाइके साजनमाथि प्रहरीले गोली चलायाे

काठमाडौं : गुण्डा नाइके साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजनमाथि गोलढुंगास्थित फूलबारी रेष्टुराँमा गोली प्रहार गरि पक्राउ गरेको हो। साजनलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी सहकुल थापाले बताए। साजन, शमिरमान बस्नेत समूहका गुण्डा रहेका र पछिल्लो समय उनी असुली र गुण्डागर्दी कार्यमा संलग्न रहेको प्रहरी दाबी छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार शमिरमान बस्नेत केन्द्रीय कारागारमा छन्। शमिरमानले साजनलाई प्रयोग गरि कारागार भित्रैबाट व्यापारीलाई धम्क्याउँदै असुली गर्ने गरेको प्रहरी दाबी छ।साजनको खुट्टामा दुई गोली लागेको र उनको वीर अस्पतालमा उपचार भैरहेको महाशाखाले जनाएको छ। साजनको साथबाट एउटा कटुवा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ। कान्तिपथ

प्रतिक्रिया दिनुहोस