म अाफन्ताको घरमा जानको लागि बाटोमा हिड्दै थे हिड्दा हिड्दै लगभग बस्ती सकियो पुल तरेर अाउने४,५घर पनि पछाडि परेपछि म करिब अाधा घन्टा जङ्गलको बाटो हिड्नु थियो। जङ्गल सुरु हुना साथ सबैभन्दा पहिले अाउथ्यो मानिस मरेपछि पुर्ने जलाउने मसान घाट जहा मानिस साझ परेपछि त्यतातिर हेर्न समेत डराउछन्।
जसलाई हामी भुत नाच्ने डाडो भन्छौं अनगिन्ती चिहानहरु को थुम्का भएको त्यो ठाउँको बार्यमा मेरो बुवाले सानोमा कथा सुनाउनु हुन्थ्यो । सुत्ने बेला बिस्तारामा सुनेका ती कथाले डराउन दिएर कतिपटक बाहिर समेत जान डराएर बिस्तारामै मुत्रविसर्जन गरेको छु मैले भुत पिरेत अनि किचकन्याको बार्यमा मेरो बुवाले मलाई खुबै डर लाग्दा कथाहरू सुनाउनु हुन्थ्यो। हामी बुवालाई अङ्गालोमा बेरेर सुन्थ्यौ तर समय क्रम सँगै भुत पिरेत र किचकन्यामा विस्वस लाग्न छाड्यो बुवाले सुनाएका ती कथाहरू फ्वासे लाग्न थाल्यो । अल्लि अस्ति एउटा भुतको चलचित्र हेरेको थिए रातिमा हेरेको त्यो चलचित्रकै कारण पिसाब गर्नलाई ट्वाईलेट जान सकिएन मैले नढाटीनकन गोप्य कुरा भनौं भनेत मिनीरल वाटरको बोतलमा पिसाब फेरेर अर्को दिन फालेको हुँ ।
यो घटना हालसालैको हो। तर पनि भुत पिरेत हुदैनन् भनेर धाग लगाउन भन छाडीदैन भुत पिरेतको डर के हो भन्ने अाज अनुभव भएको छ मलाई एक्लो शरीर अधेरो अधेरो भैसकेको छ। मसान मसान घाटको बाटो हिडिरहेको छ यो मेरो ज्यान मसान घाट पर अाधा घन्टा जङ्गल हिडेपछि गाउँ सुरु हुन्छन् त्यो अाधा घन्टाको जङ्गल हिडाईलाई कसरी पार गर्ने हो भन्ने मनमा अर्को डर उत्पन्न भएको छ। सुनसान रात जङ्गल र मसान घाटको बाटो एकजना मात्र कोही साथि भेटाए पनि हिड्न डर हुन्नथ्यो तर रातिको ११बजे कोनै भेटियोस् यस्तो घना जङ्गलको बाटो मनमा भएको डरलाई कम गर्दै अगाडि बडी रहे बडी रहे मसान घाट पछाडि परियो अब अगाडि जङ्गल छ चिरबिरे फिस्टा चराको अावाजले पनि मुटु तर्सीन्थ्यो।
मेरो सुनसान जङ्गल छ सालका सुकेका पातलाई खिस्रीक्क पार्दाै खरायो हिड्दा पनि मुटु धड्केको अावाज बाहिर सुनीन्छ ढुकढुक गर्दाै,तर पनि तर्केर हिडी रहे एकै छिन सुनसान भयो नचरा कराए नभुईमा भरेका पात बजे बिल्कुलै शान्त अावा थियो। केबल मेरो चप्पलको अावाज पट्याक पट्याक पर्दै अगाडि बडी रहेको थिए एक्कासि जङ्गलबाट अावाज अायो डर लाग्दो अावाज कुहु कुहु गर्दै थियो कतैबाट म थुचुक्क बसे डरले थुर्रथुर काम्न थाले डरको कुनै सिमा थिएन स्याल रोएको त्यो अावाज पहिला पहिला गाउँमा धेरै सुन्थे तर गाउँमा हुदा कहिलै डर लागेन तर अाज मेरो सातो गयो ।
सायद अधेरो रात त्यो पनि जङ्गलको बिचमा भएर होला फेरि उठेर हिडे म अल्लि पर कोहि हिड्दै छ जस्तो लाग्यो ।मनमा अासा पलायो कोहि मान्छेलाई देखे मैले त्यो मान्छेलाई भेटाउन पाए अल्लि सजिलो हुन्थ्यो होला भन्ने मनसायले एक्कै छिन दौड्य म करिब २५ मिनेटको फरकम टक्क उभिए म त्यो मानिस अाईमाई थि यस्तो मध्यरात जङ्गलको बाटोमा बिन्दास हिड्ने अाईमाईको होलि भन्ने मनमा कौतहल्ता मनमा रैरयो,तर उसको नजिक जान पनि डराए म उ अघि अघि म पछि पछि हिडी रयौं उसको हिडाईको चाल कुनै चलचित्रको हिरोईन भन्दा कम थिएन सेतो सारीमा कम्मर मर्काउदै हिडेकी त्यो अाईमाईलाई देखेर किचकन्या सम्झे मैले बुवाले सुनाएको कथाको किचकन्या सम्झिए चलचित्रमा देखेको किचकन्या सम्झीए ।
मैले बाले कथामा भन्नु हुन्थ्यो किचकन्याले सधै सेतो कपडा लगाउछन् अनि कपाल सधै खुल्ला छोड्छन् हो त्यस्तै ठ्याक्कै मिल्ने थि त्यो अाईमाई हिड्दै थियौँ उ अघि अघि म पछि पछि तर एक्कसी उ टक्क उभिएर मतिर फर्की र म पनि अाफ्नै ठाउँमा उभिए धेरै डराए म मुटुले ठाउँ छोड्यो भन्थ्यौ नि हामीले हो ठ्याक्कै त्यस्तै भयो मलाई उसले मलाई एकनजरले हेरिरही मैले मुन्टो बटारे कता जाउ के गरु झै भयो मलाई नअघि बढ्न सक्छु नपछि जानसक्छु पुरै जङ्गलको बिचमा छु म त्यो अाईमाईले भनी मलाई अबिसेक अाउन सँगै जाउ मैले तिमीलाई नै कुरेको उसले हातको ईसारा गर्दै बोलाई म अचम्म परे हैन यो केटीले मेरो नाम कसरी थाहा पाई कपडा हेर्दा पनि ठ्याक्कै किचकन्याको जस्तो छ मलाई पनि चिनेकि रैछ त म सुस्तरी अघि बढे नजिकै पुगे पछि उसको अनुहार हेरे मैले कहिलै देखेको थिएन त्यस्तो अनुहार कहिलै चिनेको पनि थिएन बाल बिधुवा जस्तो नमेकअप छ नत कुनै गहना तर राम्री चाहि असाध्यै राम्री थि ,।
नाई चिनीन तिमीले मलाई चिन्छौं र मैले सोधे उ खित्का छोडेर हाँस्न थाली सुनसान जङ्गलमा करिव साडे ११ बजेको थियो यस्तो जङ्गलको बिचमा खित्का छोडेर उ हाँस्दा धेरै डराए म उसको हाँसो ठ्याक्कै किचकन्या सँग मिल्थ्यो हलमा हेरेको चलचित्र अम्बरमा किचकन्या बनेकी मेलिनामानन्धरको हाँसो र यो अाईमाईको हाँसो ठ्याक्कै उस्तै थियो ।
त्यो किचकन्या नै हो भन्ने चाहि मलाई लाग्यो अनि उसले हाँसोको फोहोरा छुटाउदै गर्दै कुलेलाम ठोकेर भागे म अगाडि, ए डर पोक अबिसेक मलाई चिनेनौं र? किन भागेको सँगै जाम के हाँसोका फोहोरा सँगै बोलिरही मैले उसलाई धेरै पछाडि पार्दै अघि दौडिरहे पछाडि फर्केर हेरे अँ हँ उ कहि पनि थिईन , बाँचीयो यार हिजो हिजो सम्मत भुत हुदैन भन्दै अाधुनिक जमानाको कुरा निकै गरियो तर अाज भुत सँग डराएर अाफै भागे , वई किन भागेको मलाई पनि जङ्गलको बाटो हिड्न डर लागेर पो सँगै जानुपर्छ भनेको त पछाडिबाट फ्याट्ट काँधमा हातले हिर्काउदै उ बोली म झस्कीए अघि धेरै पछाडि सम्म नदेखिएकी यो अाईमाई कसरी मेरो अगाडि अाई पुगी अब झनै डरलाग्दो विषय भयो यो, गाउँ अाउन अझै अादि बाटो हिड्नु पर्नेछ। म उ सँग केही पनि नबोली दौडिए उ पनि दौडिन थाली डर र थकानले गर्दा मलाई स्वा स्वा भयो उसलाई थकानको कुनै महसुसनै थिएन उ मेरो बार्यामा सबै जानेको जस्तो गफ लाउदै थि नाम,काम,कहाँ पढेको अनि बाअामाको बार्यमा सबै भन्दै अतितका दुईचार वटा रमाइला कहानी पनि सुनाउन थाली।
म तनावमा थिए अाखिर हो को सायद अपरिचित अाईमाई पनि हुनसक्छे जसलाई मैले नचिनेको हुला थकाइ लागेको थियो धेरै दौडीन सक्ने अवस्थामा थिएन म श्वास फुलेर धेरै गार्हो भयो अनि अडिए उ पनि अडि बिस्तारै हिडेर जाने प्रस्ताव गरि र अाफुलाई छाडेर नजान अाग्रह गरि म पनि त्यो भुत किचकन्या हैन भन्नेमा ढुक्क भए , उसलाई सँगै लगेर अघि बढे अब छ झन रहस्यमयको विषय उसले बेला बेला उसको हात र मेरो हात पट्काउन थाली। मलाई पनि कस्तो कस्तो महसुस हुन थाल्यो। गफै गफमा उसले अङ्गालो हालेर हिड्न थाली मानौँ उ मेरो girlfriend हो म पनि के कम जवानीले भरिपुर्ण उमेरमा एक युवतीले अाफै पछि लाग्छेत कसले पो ब्यवस्था गर्छ होला र, मैले पनि अङ्गालोमै कसेर हिड्न थाले । अाज मेरो गाउँ जाम है उतै बसौंला नि है अबिसेक जीस्कीदै हिडेको बेला उसले यस्तो प्रस्ताव गरि कता पर्छ तिम्रो घर कति टाढा पर्छ मैले सोधे ठिक मेरो घर भन्दा उल्टो तिर उसको घर बताई उसको घर जानको लागि अरु अादा घन्टा जङ्गलको बाटो हिड्नु पर्छ , घरमा कोहि हुनुहुन्न भनेर जिकिर गरेपछि म उसकै घर जाने राजी भए म राजी भएको देखेर उ खुसी भई खुसी हुदा पनि उसको हाँसो ठ्याक्कै किचकन्याको जस्तो थियो ।
केहि अघि हिडेपछि खोला अायो खोलामा अागो बालेर लिबिका जस्ता थप्राहरु थिए जहाँ बाट सेतो धुवा अाईरहेको थियो ।खोलाको बगरमा पुगेपछि बेग्लै खालको अावाज सुनि थाल्यो त्यो अावाज सुन्दा भुतको चलचित्र हेर्दै गरेको अनुभुती हुनथाल्यो मलाई अलिअलि डर पनि लाग्न थाल्यो । त्यो अावाजमा उ नाच्न थाली खित्का छोडेर हाँस्दै, वई मलाई डर लागेको छ तिमी चाहिँ नाच्न थाल्यौं है मैले भने।
उ नाचेको देख्दा मलाई भित्रभित्रै रिस उठ्न थालेको थियो तर उ हाँस्दै बोल्न थाली कमन यार अाबिसेक हाम्रो दुनियाँमा तपाईलाई स्वागत छ। यति भन्नासाथ उता बगरमा अरु धेरै सेतो सारी वालाहरु देखिए धुवा उडीरहेको थियो खोलाको बगरको छेउमा सेता सारी लागिएको भिड देखे, उसले मेरो हात समातेर उतै लान खोजी त्यसपछि के भयो मलाई पनि केहि थाहा भएन म त्यहीँ लडेछु त्यो रातभरि म सँग केके भयो मलाई केहि अत्तोपत्तो थाहा भएन अर्को दिन बिहान भयो झिस्मीसे बिहानी चिसो बगरमा मेरो नाङ्गो शरीर थियो नत रातभरि होस् कहाँ लगे के गरे मलाई केहि थाहा थिएन मलाई यत्ति थाहा थियो म जिउँदै छु शरीरमा घाउ थिएन कुनै चोटपटक कतै पनि थिएन बिहान पख म परै होस् मा थिए भुत पिरेत हुन्न भन्नेहरूको लागि म जिउँदो भुत बनेर बगरमा पल्टीएको थिए ।हिजो सम्म भुत पिरेतका फाल्टु कुरा मा अाफुलाई अाधुनिक ठान्ने म चिसो बगर बाट उठेर बन मान्छे सरी घर तिर लागे