रामेछाप साँघुटारमा निशुल्क घुम्ति स्वास्थ्य शिविरबाट ४२ जनाले लिए सेवा

रामेछाप: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा निशुल्क घुम्ति स्वास्थ्य शिविरबाट ४२ जनाले सेवा लिएका छन् । रामेछापको रामेछाप नगरपालिकाले गएको वर्षदेखि वालवालिका, गर्भवती महिला, वृद्धवृद्धालाई लक्षित गरेर नगरको ९ वटै वडामा निशुल्क घुम्ति शिविर सञ्चालन गर्दै आएको छ । सोही शिविर आज साँघुटारमा सम्पन्न भएको छ । शिविरबाट १३ जनाले ल्याव सेवा लिएको रामेछाप नगरपालिका स्वास्थ्य संयोजक रामशरण पौडेलले जानकारी दिनुभएको छ । शिविरमा जनरल उपचार सेवा,सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस