रामेछाप गोठगाउँमा निशुल्क घुम्ति स्वास्थ्य शिविरबाट ७५ जनाले लिए सेवा

रामेछाप : रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ति स्वास्थ्य शिविर रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा सन्चालन भइरहेको घुम्ति शिविरमा वडा नम्बर १ गोठगाउँका ७५ जनाले सेवा लिएका छन । शिविरमा भिडियो एक्सरे सेवा ९ जनाले, ल्याव सेवा ११ जनाले लिएको रामेछाप नगरपालिका स्वास्थ्य संयोजक रामशरण पौडेलले जानकारी दिनुभएको छ । शिविरमा जनरल उपचार सेवा,सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको थियो । रामेछाप नगरपालिकाले नगरभित्रका सबै वडाका दुर्गम ठाउँमा पुगेर नागरिकहरुलाई निशुल्क घुम्ति शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस