सिन्धुलि गोलञ्जोर गाउँपालिकामा अपाङ्ग परिचयपत्र वितरण शिविर हुदै

सिन्घुली: सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गर्न घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । यही असोज २ गतेदेखि शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर २ गते डुडभञ्ज्याङ , ३ गते तीनकन्या, ४ गते वितिजोर, ६ गते रतनचुरा, ७ गते भिमेश्वर , ८ गते वाशेश्वर र ९ गते भुवनेश्वरीमा सञ्चालन हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी न्यौपानेले जानकारी दिनुभएको छ । शिविरमा सहभागी हुनेहरुले ५ प्रति पासपोर्ट साइजको फोटो, वडा कार्यालयको सिफारिस ,जन्मदर्ता वा नागरिकताको प्रतिलिपि लिइ स्वयं उपस्थित हुनुपर्नेछ । यसैगरी यसअघि अपाङ्गता परिचयपत्र लिइसकेकाहरुले पनि पुरानो परिचयपत्र पेश गरेर नयाँ परिचयपत्र लिन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस