रामेछाप : रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हिजो देखि शुरु भएको नगर स्तरीय खुल्ला जोडी पुरुष व्याटमिन्टन प्रतियोगीताको उपाधि तेक्वान्दो क्लवले जितेको छ । आज विहान भएको क्वाटरफाइनल खेलमा रामेछाप नगरपालिकाको टिमलाई हराउँदै फाइनल पुगेको क्लवले फाइनलमा राष्ट्रिय वाणिज्य बैकको टिमसँग खेलेको हो । आर्मीको टिमलाई हराएर फाइनल पुगेका राष्ट्रिय वाणिज्य बैकको टिम द्धितीय भएका छन् । निजामति सेवा दिवसको अवसर पारेर नगरपालिकाले आयोजना गरेको प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगीतामा श्री गोरखदल गण रामेछापको चार टिम, जिल्ला स्वास्थ्य कार्यालय रामेछाप, रामेछाप नगरपालिका, राष्ट्रिय वाणिज्य बैक र तेक्वान्दो क्लव रहेका थिए । त्यसैगरी तीतृय रामेछाप नगरपालिका भएका छन भने सान्त्वना श्री गोरखगण दल भएका छन् । प्रतियोगीतामा प्रथम हुने रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष केदार कार्की र श्री गोरखदल गणका प्रमुख सेनानी गणेश सिंह भण्डारीले प्रथम हुनेलार्ई नगद ५ हजार, शिल्ड मेडल , प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३ हजार शिल्ड मेडल , प्रमाणपत्र , तृतीय हुनेलाई नगद २ हजार शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वनालाई नगद १ हजार र प्रमाणपत्र वितरण गरिएको खेल संयोजक टीकाराम राना मगरले जानकारी दिनुभएको छ । यसैगरि प्रतियोगीताको बेस्ट प्लेयर टीकाराम राना मगर घोषित भएका छन् ।