प्रहरीले नेत्रविक्रम चन्द समूहले नेतृत्व गरेको जिल्ला इन्चार्ज मिना धामी चलाउने र मोष्ट वाण्टेड सूचीमा रहेका लोकेन्द्र जैसीलाई बिहीबार बेलुका पक्राउ गरेको छ । जैसी चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का नेता हुन । उनीहरु विरुद्ध चन्दा आतंक लगायत मुद्दामा कारवाही चलाएको प्रहरी जनाएकाे छ । लामो समय देखि जैसीलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गरे पनि सकेको थिएन । संगठन विस्तार गर्ने क्रममा उनीहरुलाई बाँसगढी नगरपालिका-९ माछागढबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई दिन अघि प्रहरीले चन्द समूहका ४ नम्बर क्षेत्रिय कमाण्डर ४५ वर्षीय पुरणबहादुर वलीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलका वलीलाई पक्राउ गरेको जनाएको छ । कान्तिपथ