सोलुखुम्बु जिल्ला अदालतमा २ महिनामा ४२ प्रतिशत सम्बन्ध बिच्छेद मुद्दा दर्ता

सोलुखुम्बु : सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा चालु आर्थिक वर्षको अहिले सम्म ४२.४२ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतमा अहिले सम्म जम्मा ३३ थान मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मात्र १४ वटा मुद्दा दर्ता भएका हुन् । साउन महिनामा ११ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा भदौ महिनाको आजसम्म ३ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ । दर्ता भएका मुद्दामा पुरुष बादी भएका मुद्दा ४ वटा छन भने बाँकि ८ वटा महिला वादी मद्दा रहेको अदालतका सुचना अधिकारी गोविन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला अदालतबाट अहिले सम्म ४ वटा मुद्दा फछ्यौट गरिएको छ । फैछ्यौट गरिका सबै मुद्दामा सम्बन्ध विच्छेदका मात्र रहेको ढकालको भनाई छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ७६ वटा मुद्दा मध्ये ११ वटा मुद्दा फछ्यौट गरिएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस