सिन्धुली : सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा डेरी, पानी, तथा तेल व्यवसायीहरु सँग खाद्य स्वच्छता बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रक बिभाग सिन्धुलीको सहयोग र नेपाल सरकार कृषि तथा पशुपक्षि बिकास मन्त्रालय, कृषि प्रविधि तथा गुण नियन्त्रक बिभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौडाको आयोजनामा व्यवसायीहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्लाका २८ जना व्यवसायी सहभागी कार्यक्रममा, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौडाका प्रमुख खगेन्द्र खतिवडाले खाद्य स्वच्छता सम्बन्धि २ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख खतिवडाले नेपाल सरकार बाट लागु खाद्य स्वच्छता सम्बन्धि निर्देशिकाको पालना गर्न गराउन गुण नियन्त्रक कार्यलय मार्फत सबै व्यवसायीहरुमा अनुरोध समेत गरेका छन् ।सो अवसरमाा खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्यालले जिल्लाको बस्तु स्थिति बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।