सिन्धुलीमा तिन दिने प्राथमिक उपचार तालिम सुरु

सिन्धुली : सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बिहिबार देखी तिन दिने प्राथमिक उपचार तालिम सुरु भएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको आयोजनामा सञ्चालित तालिम आज र भोलि सम्म चल्नेछ । तालिममा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुली अन्तरगत बिभिन्न उपशाखाका स्वयंसेवकहरु सहभागी छन् । यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको आयोजनामा कचहरी नाटक फोरम थिएटर सम्बन्धि पाँच दिने तालिम पनि बिहिबार देखीनै सुरु भएको छ । सिन्धुलीमाढी स्थित होटल भ्याली भ्युमा जारी तालिममा मातृ स्वास्थ, लैगिंक समानता सहित ६ वटा बिषय समावेश हुने आयोजकले जनाएको छ । डबली मिडियाले सहजिकरण गर्ने तालिममा सिन्धुली कलाघरका १७ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुली अन्र्तगत बिभिन्न उपशाखाका २१ जना स्वयंसेवकहरु गरि ३८ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस