रामेछापका विप्लव इन्चार्ज ढुंगेल नेकपामा प्रवेश

रामेछाप: रामेछापका नेत्रविक्रम चन्द नेतृत्वका विप्लव इन्चार्ज यादव ढुंगेल नेकपामा प्रवेश गरेका छन् । ढुंगेल विप्लवले लिएको नीति गतल भएको भन्दै सत्तारुढ दल नेकपामा प्रवेश गरेको बताएका छन् । त्यसैगरी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ पनि नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशी दुवै जना जिल्ला इन्चार्जलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् । रामेछापका इन्चार्ज ढुंगेललाई केही समय अघि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस