सोलुखुम्बु:सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा बुधबार हेलिकप्टर र जहाज गरी ७८ वटा उडान तथा अवतरण भएको छ । लुक्लामा जहाजको ३६ र हेलिकप्टरको ४२ गरी ७८ मोमेन्ट उडान भएको नागरिक उड्यन प्रधिकरण लुक्लाका प्रमुख ईमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनसार तारा एयरको १२, सिता र समिट एयरको ३÷३ फ्लाईट उडान भएको छ । त्यस्तै हेलिकप्टरको कार्गो, यात्रु तथा माउन्टेन फ्लाईट गरी २१ उडान भएको कार्यलयले जनाएको छ । मौसम प्रतिकुल बन्दा जहाजको ७ ओटा उडान भने रद्ध भएको नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ । मध्यन्न १२ बजे सम्म मौसम अनुकुल भएपनि त्यसपछि मौसम प्रतिकुल बन्दा बाँकी उडानहरु रद्ध भएको कार्यलयले जनाएको छ । १२ बजे सम्म भएको उडानबाट २ सय भन्दा बढि विदेशी पर्यटकहरु खुम्बु प्रबेश गरेको प्राधिकरण प्रमुख अधिकारीको भनाई छ ।