मन्थली बजारमा संचालित खाद्यान्न पसलहरुको अनुगमनमा थप कडाई

रामेछाप:नेपालीहरुको महान चाड वडा दशै नजिकिएसंगै रामेछाप जिल्लाको बजार क्षेत्रहरुको अनुगमनलाई कडाई गरिएको छ । मंगलबार पनि जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम मन्थलीमा संचालित खाद्यान्न पसलहरुको अनुगमन गरी सुर्तीजन्य र अखाद्य बस्तुहरु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंघ सहितको संयुक्त अनुगमन तोलीलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य समान , म्याद गुज्रिएका अखाद्य बस्तु , जुस तेल लगाएतका सामाग्री जफत गरेको हो ।
मन्थलीमा संचालित राजकुमार बेकरी उद्योगबाट इजाजतबिना विक्रि गरिरहेको ६ बट्टा चुरोट , मैनाली फलफूल तथा तरकारी पसलबाट इजाजत बिना विक्रि गरिरहेको सुर्ती २ प्योट , सरिता किराना तथा फफूल पसलबाट इजाजतबिना विक्रि गरिरहेको १ सय ६० प्याकेट खैनी , ओम किराना पसलबाट म्याद नाघेको विस्कुट ८ प्याकेट र कुरमुरे २८ प्याकेट जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले दर्ताविना संचालनमा रहेको सुनिता सुनुवार पसलबाट १ सय ५० प्याकेट खैनी , रञ्जिता खुद्रा पसलबाट विना इजाजत विक्रि गरिरहेको खैनी १३ प्याकेट , शुभलक्ष्मी स्टोर एण्ड सप्लायर्सबाट म्याद नाघेको चियापती एक सय प्याकेट , गुलकोज २० बट्टा , प्याकेट गुलकोज एकस प्याकेट ,पाइनापल जुस ५ वटा ,प्राउन १० प्याकेट , इजाजत नभएको खैनी एक प्याकेट र बुढाथोकी किराना पसलबाट म्याद नाघेको विस्कुट २० प्याकेट जफत गरिएको बताए । अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्माण भुजेलले अनुगमनसंगै खाद्यान्न पसलहरुलाई आवश्यक निर्देशन दिएको बताए । आगामी दिनमा सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमनलाई थप कडाई गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस