रामेछाप:रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा समान्यतया उपभोग्य अवधि नाघेका खानेकुरा लगायत उपभोग्य सामाग्रिहरुलाई विष समान मानिन्छ । तर रामेछाप जिल्लामा यस्ता सामाग्रिहरुको विगविगि देखिएको छ । गाउँघरमा मात्र हैन जिल्ला सदरमुकाम मन्थली बजारमा समेत यस्ता सामानहरु प्राय पसलहरुमा बिक्रिको लागि राख्ने गरेको पाइएको छ।
जिल्ला स्तरीय बजार अनुगमन समितिले हरेक पटक गर्ने गरेको बजार अनुगमनको क्रममा जिल्ला सदरमुकामकै पसलहरुमा यस्ता म्याद राखेका उपभोग्य सामाग्रिहर बिक्रिको लागि राख्ने गरेको पाइएको छ । बजार अनुगमनको लागि नेतृत्व गर्दै आएका जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलका अनुसार घरमा लगाउने रंगदेखि विरामीलाई खुवाउने ग्लुकोज र जुससम्मका म्याद नाघेका उपभोग्य सामानहरु बिक्रिको लागि राख्ने गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाला समेतको सहभागितामा हरेकपटक हुने अनुगमनमा यस्ता म्याद नाघेका सामानहरु जफत गरि सचेत गराउने गरिएको भए पनि म्याद नाघेका सामानहरुको बिक्रि रोकिएको छैन । यसैगरि इजात नलिएका पसलहरुले समेत मदिरा तथा खैनी र चुरोट बिक्रि गर्ने गरेको पाइएको भुजेलले बताए । सदरमुकामको बजार केन्द्रमा समेत म्यदा नाघेका सामान विक्रि हुँदा गाउँमा यस्ता सामानको बिक्रि अझ बढि हुने आशंका गरिएको छ ।