सिन्धुली: सुनकोशी नदिमा डुबेर एक जना बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा बिहिबार दिउँसो करिब १ः४५ बजेक पौडी खेल्ने क्रममा सोही माथिल्लो चैनपुरका १८ बर्षिय सन्जिब रम्तेल बेपत्ता भएको ईलाका प्रहरी कार्यलय खुर्कोटले जनाएको छ । रम्तेल स्थानीय सुनकोशी क्रशरको जेसिबि हेल्परको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । रम्तेल बेपत्ता भएको खबर आएपछि ईलाका प्रहरी कार्यलय खुर्कोट बाट प्रहरी नायव निरिक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलीले खोज तथा घटनाका सम्बन्धमा बुझ्ने काम गरिरहेकोे प्रहरीले जनाएको छ । थप विवरण अाउन बाकी