महेश काफ्ले को “माया बिरानी” बजारमा- भिडियो सहित

काठमाण्डौ – गायक महेश काफ्लेले “नाँच फिरिरि”को आपार सफलता पछि अहिले भर्खरै मात्र “माया बिरानी” बोल को गित बजारमा ल्याएका छन् । अत्याधिक रुचाईएको उक्त गितको करिब वर्ष दिन पछि फेरि निकै मिहेनतका साथ अहिले “माया बिरानी”लाई ल्याएको बताएका छन् ।

गितलाई राम्रो बनाउनलाई कुनै कसुर बाँकी नराखे पनि गायक काफ्ले लाई यति बेला निकै ठूलो सकस परेको छ ,यस कारण कि यो गितले “नाँच फिरिरि” ले जस्तो दर्शक श्रोताको मन जित्ने हो या हैन भन्ने विषयमा ।

नाँच फिरिरिमा निश्चल र स्वस्तीमा को गज्जबको केमिष्ट्रीलाई समेटीएको थियो भने यस गितमा गायक काफ्ले स्वंय आफु पनि देखिएका छन् । यो गितमा पनि  माया पिरतीमा हुने निकै चाख लाग्दो बिषय वस्तुलाई उठाउन खोजिएको छ ।

गितमा गायक काफ्लेले आफ्नो लागी मायालु फकाउन युवा पुस्ता मा निकै लोकप्रिय नायक नाजिर हुशेनलाई आग्रह गरेका छन् । मायालुको भुमीकामा भने प्रस्तुत छिन् अहिले कि चर्चित तथा व्यस्त नायीका आँचल शर्मा । नाजीरलाई केटी मिलाईदिन आग्रह गरेता पनि नजिर ले साथीको लागी हैन मौका मिले सम्म आफ्नै लागी हर प्रयास गरिरहेको देखिन्छ ।

यता साथी बनेका पात्र काफ्ले भने निकै रोम्यान्टीक मुद्रामा देखिका हुन्छन् , साथीले मेरै लागी गरिरहेछ भन्दै, बिच बिचमा “कतै आफ्नै लागी त ताकीँ राखेको छैनस् ” जस्ता भनाई हरुले पनि भिडियो अझै उत्कृष्ट बनाउन सहयोग गरेको छ ।

यस गितमा शव्द रचना तथा संगीत गायक आफैले प्रस्तुत गरिरहदा अझै उनीमा भएको भर्सटालिटिलाई देख्न सकिन्छ । “नाँच फिरिरि” गितमा साथ दिएकी गायीका मेलिना राई यस गितमा पनि दोहोरिएकी छिन् । यो सहकार्य निकै फापिरहेको पनि अनुमान सजिलै लगाउन सकिन्छ । गितको भिडियो तथा अडियो दुवै उत्कृष्ट बनेको छ ।

अशिम शाहको निर्देशन रहेको यस गितलाई छायकंन हरि हुमागाई र उत्तम हुमागाई गरेका छन् भने जि २१ को यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नलाई तलको लिंकमा जानुहोस्

प्रतिक्रिया दिनुहोस