पत्रकारिता संगै कलाकारिता गर्दै आएका गायक साउदको नयाँ गित बजारमा

काठमाण्डौ–पत्रकारीता सँगै सांगीतिक क्षेत्रमा पनि आगाडि बढिरहेका गायक एस.बी. साउदको “लागेन टुङ्गो ” बोलको नँया गित बजारमा सार्वजनिक गरिएको छ ।

गायक साउद बिगत लामो समय देखि पत्रकारीता पेशामा रमाउदै आएका भए पनि उनीमा गित संगीत तर्फको मोह पनि उत्तिकै छ । यस अघि पनि उनै साउदले बजारमा बिभिन्न गितहरु पस्कीसकेका छन् । बजारमा आएका गितहरु बाट राम्रो प्रतिक्रिया पाए पछि पुन ःअहिले केहि दिन अघि मात्र फेरि यो गितलाई बजारमा ल्याएका हुन् ।

यो गितले पनि सम्पूर्ण दर्शक स्रोताको मन जित्ने कुरा आफू विश्वस्त रहेको उनि बताउछन् । अहिले को परिबेशमा सांगीतिक बजारको मापन गर्ने बलियो आधार बनेको छ , एक मात्र नापक यूटुब । यसकै आधारलाई मानेर हेर्ने हो पनि गितलाई निकै रुचाईएको छ । गित राम्रो बनाउनलाई गायक साउदले कुनै कसुर बाकीँ राखेका छैनन् ।  गितको अडियो तथा भिडियो निकै उत्कृष्ठ रहेको छ ।

गितलाई अहिले का चर्चित मोडल तथा धेरै कोरस राखेर साजिसजाउ पारिएको छ । लोकेशनको हिसाबले हेर्ने हो भने पनि कुनै खोट लगाउने ठाउँ भेटिएको छैन ।
गितमा शव्द / संगीत स्वम् गायक साउद आफैले गरेका छन् । उनि सँगै अहिले अत्यन्तै व्यस्त तथा रुचाईएकी गायिका मेलीना राईको सुमधुर स्वर सुन्न सकिन्छ ।

गम्भीर विष्टको निर्देशन रहेको यस गितको भिडियोमा सुबोल थापाले कोरियोग्राफि गरेका छन् । गितमा गम्भीर विष्ट र जुना सुन्दाश ले ठुम्का लगाएका छन् ।
गायक साउदले गितलाई जस्तो छ त्यस्तै किसिमको प्रतिक्रिया दिन सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।

भिडियो हेर्नका लागि तलको लिंकमा जानुहोस् –

 

प्रतिक्रिया दिनुहोस