जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको मृत्यु

बाजुरा:-   बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनकि ३५ वर्षिया निर्मला बोहराको सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ ।

बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको उपचारमा सलग्न जिल्ला अस्पताल बाजुरा डाक्टर दुर्गाराज महर्जनले बताएका छन् ।

सुत्केरी बोहराले मृत अवस्थामा शिसुलाई जन्मदिएकि थिईन् तर उनको शरिरबाट अत्याधिक रगत बगेपछि मृत्यु भएको हो ।
सुत्केरी बोहरा सुरक्षित सुत्केरी सेवा लिनका लागि ३ महिना अगाडि जिल्ला सदरमुकाम मार्तडीमा आएकी थिईन् ।

यस अघि भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस