दिन भरी को थकान संगै मन भरी अनेकौ कुरा सोच्दै उभिएर नेपाल यातायात को यात्रा गर्दै थिए ,मेरै सामुन्य दुई स्त्री पुरुष एक अर्काको अङालोमा मस्त सङ आज दिन भर घुमेका ठाउँ हरुको बारे मा कुरा गर्दै रमाइरहेका थिए !
मैले सोचे वा ! क्या मिलेको जोडी ,अकस्मात ठिक त्यसै बेला उनी स्त्री को फोन बज्यो मेरा नयनहरु उनको मोबाईल तर्फ सोजिए, त्यहा लेखिएको थियो माइ लाइफ !
अनि एक्कासि मलाई छाङा बाट खसे जस्तै आभाष भयो मैले उनी हरु को क्रियाकलाप लाई नजानिदो तरिका बाट झन नियालीरहे,उनी त्यस फोन को इन्कार गर्न खोज्दै थिइन् । यो फोन उन्को उनकै लागि प्रादेशिएका श्रीमानको रहेछ !
एक घण्टी पूरा बजिरह्यो तर उनिले त्यस फोनको प्रबाह नै गरिनन् , पटक पटक आइरहदा उनको अङगालो मा बेरिएको पुरुष मित्रलाई निकै झन्झट लागे जस्तो देखिन्थ्यो उनले रिसाउदै भने , के भन्न गरेको छ उठाइदे ;उनको त्यो मीठो आग्रह लाई स्विकार्दै फोन उठाउन पुग्छिन ;
उता बाट आवाज आउँछ “सानू किन यत्ती पटक फोन गर्दा पनि नउठाएको,
यता बाट श्रीमति भन्दै छिन अलिक सन्चो छैन ,थाहै भएन;
उता बाट पुनः आवाज आउँछ सानू आफ्नो राम्रो ख्याल गर्नु है, ड्युटी त सकियो सबै साथीहरु फर्की सके कोठामा, म चै ओभर टाइम गर्दै छु अहिले काम मा छु, तिम्रो याद आयो अनि फोन गरेको ख्याल् गर है ख्याल गर ! धेरै बोल्यो भने फेरि साहु कराउछ भन्दै फोन कट्छ ।
अघि सम्म बिरामी भएकी श्रीमति जि को अनुहार मा एक्कासी खुशी का रङ्ग हरु पुन: एका एक देखा पर्छन ।
यति गर्दै म ओर्लिने ठाउँ आइ पुग्छ !
त्यि युवती पनि सोही ठाउँ मा ओर्लिने रहेछिन ।युबक भने सायद अल्लि टाढा नै पुग्नु पर्ने थियो कि ,पुनः फेरि भोलि नयाँ ठाउमा जाने कुरा सङै राती फोन मा बोलौला ल भन्दै एक अर्का सङ्ग टाढिन पुग्छन् ।
(मेलै मेरो मन ले मनलाइ नै भने वा! नारी तिमी कति महान् छौ )