टिवानमा योग्य अध्यक्षको उमेदवार नै न्यौपाने

काठमाडौँ । टुरिष्ट बस एसोसियशन अफ नेपाल टिवानको अध्यक्षमा भिष्म न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

अर्थिक समृद्धिको क्षेत्रमा निकै महत्वपूर्ण रहेको पर्यटकीय क्षेत्रलाई व्यवस्थित रुपमा अगाडी बढाउने उद्देश्यको साथ उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपालमा पर्यटकहरुको लागि व्यवस्थित बस स्टेसन नहुँदा पर्यटकहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै उनले टिवानको अध्यक्ष पदमा आफुले उम्मेदवारी दिएको बताएका छन् ।

लामो समय  पर्यटकीय क्षेत्रमा रहेर काम गरेको अनुभव सुनाउँदै उनी भन्छन्,  सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउनको लागि टिवानमा मेरो उम्मेदवारी खाँचो छ ।  टिवानको निर्वाचन यही अशोज ११ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस