नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ

काठमाडौं :-  नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ ।
ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे ।
खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका विष्टले दोस्रो गोल ६२ औं मिनेटमा गरे ।
योसँगै समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक बटुल्न सफल भएको छ । नेपालले यसअघि खेलको आफ्नो पहिलो खेलमा भने कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस